मकवानपुर– मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबार सुरु भएको अधिवेशन सोमबार सकिएको हो ।
पार्टी प्रवक्ता प्रदीप कोइरालाकाअनुसार कांग्रेसले ८९ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित गरेको छ भने १३ वटा वडामा चुनाव भएको छ ।
वडा अधिवेशनबाट वडा सभापति, उपसभापतिमा २ जना, सचिवमा २ जना, सह–सचिवमा २ जना, कोषाध्यक्ष र सदस्यहरु चयन भएका छन्।
समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ । पार्टी प्रवक्ता कोइरालाकाअनुसार विभिन्न जातजाति, पिछडिएको वर्ग, अल्पसंख्यक, मधेशी, मुस्लिमलगायतको प्रतिनिधि निर्वाचित गरेको छ ।
अधिवेशनले बुथ प्रतिनिधि अर्थात वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिसकेको छ । मकवानपुरका विभिन्न गाउँपालिका र नगरपालिकाका वडाहरुमा आवश्यकताका आधारमा वडासमिति र बुथ प्रतिनिधिसमेत गरी कम्तीमा १६ देखि ५० जना चयन गरेको छ ।
कांग्रेसले देशैभर वडा तहको अधिवेशन १८(२३ भदौभित्रमा गर्न निर्देशन दिएबमोजिम मकवानपुरमा आइतबारका लागि तोकिएको थियो । न्यूज कारखाना
प्रतिक्रिया