बालिकामाथि वडाध्यक्षका छोराले बलात्कार गरेको आरोप | Khabarhub Khabarhub

बालिकामाथि वडाध्यक्षका छोराले बलात्कार गरेको आरोप


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० का वडाध्यक्ष गंगाराम चनाराका छोराले एक बालिकालाई जबर्जस्तीकरणी गरेको आरोप लागेको छ । गंगारामले पन्ध्र वर्षीया एक बालिकाको श्रम शोषण गरेको र उनका छोरा कुश्माखर चनारा (रवि) ले जबर्जस्तीकरणी गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय आठबीसकोटमा जाहेरी दिएकी छन् ।

इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले आइतबार पीडित बालिकाले जबर्जस्तीकरणी उद्योगमा जाहेरी दिएको जानकारी दिए । कुश्माखरका बुबा गंगाराम र आमा सुनिता चनाराविरुद्ध श्रमशोषण गरेको उजुरीसमेत दिएको उनले बताए । आफूविरुद्ध प्रहरीमा जाहेरी परेसँगै कुश्माखर फरार भएका छन् । प्रहरी निरीक्षक शाहीले उसको खोजीकार्य जारी भएको बताउँदै गंगाराम र सुनितालाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ भइरहेको जानकारी दिए ।

पीडित बालिकाले वडाध्यक्षका छोराले पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरेकी छन् । निवेदनमा बालिकाले दुई वर्षदेखि निरन्तर बलात्कार गरिएको र हाल पेटमा आठ–दश साताको गर्भ रहेकोसमेत उल्लेख गरेको प्रहरी निरीक्षक शाहीले बताए ।

जाहेरीअनुसार २०७७ चैतको अन्तिममा लकडाउनको बहानामा बालगृह सञ्चालिका सुनिताले ती बालिकालाई आठबीसकोट १० स्थित आफ्नो घरमा लगी काममा लगाउने गरेकी थिइन् । वडाध्यक्षले गरेको ओखर खेतीमा पानी र बोइलर कुखुरा पालनको काममा उनलाई चारो हाल्न नियमित लगाएको जाहेरीमा उल्लेख छ ।

 

‘कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडाध्यक्ष गंगाराम र सुनिताका कान्छा छोरा कुश्माकर चनारा (रवि) ले पछाडिबाट आएर मुख थुनी जबर्जस्तीकरणी गरेर कहीँ कतै भनेमा मारिदिने धम्की दिएको हो,’ उनले जाहेरीमा उल्लेख गरेकी छन् ।

नगरपालिकाको न्यायिक समितिमा दिएको निवेदनका आधारमा १९ भदौमा उनलाई आठबिसकोटको नगर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । जाँचमा बालिका गर्भवती रहेको देखिएको छ । उनको पेटमा रहेको बच्चा ९ देखि १० साताको रहेको तथ्य रिपोर्टले देखाएको छ । पीडित बालिकाले १७ भदौमा आफू कोठामा पढिरहेका बेला वडाध्यक्ष गंगारामले नराम्रो नियतका साथ टाउको थिचेर कानमा औंला राखेर रगडेको भन्दै वडाध्यक्ष, बालगृह सञ्चालिका सुनिता र बलात्कार गर्ने रविमाथि हदैसम्मको कारबाहीको माग गरेकी छन् ।

२०७४ मा बालगृहमा पढ्न भनेर बसेकी ती बालिका कक्षा ३ मा भर्ना भएकी थिइन् । उनीसहित बालगृहमा बसेका १२ जना अभिभावकविहीन बालबालिकालाई २०७६ मा माओवादी केन्द्रका नेता शर्माले अभिभावक बनेर विद्यालय भर्ना गरेका थिए । न्यूज कारखाना

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : ३८ बजे

कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो

काठमाडौँ- नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल

बिडिसिए कपः त्रिपुरा सेमिफाइनलमा

बैतडी – त्रिपुरा क्रिकेट क्लब बिडिसिए कपको २२औँ संस्करणको सेमिफाइनलमा

मधेसमा कांग्रेसको समर्थनमा फेरि मुख्यमन्त्री दाबी गर्दै सोनल

काठमाडौँ- मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश