बालिकामाथि वडाध्यक्षका छोराले बलात्कार गरेको आरोप « Khabarhub

बालिकामाथि वडाध्यक्षका छोराले बलात्कार गरेको आरोप


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० का वडाध्यक्ष गंगाराम चनाराका छोराले एक बालिकालाई जबर्जस्तीकरणी गरेको आरोप लागेको छ । गंगारामले पन्ध्र वर्षीया एक बालिकाको श्रम शोषण गरेको र उनका छोरा कुश्माखर चनारा (रवि) ले जबर्जस्तीकरणी गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय आठबीसकोटमा जाहेरी दिएकी छन् ।

इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले आइतबार पीडित बालिकाले जबर्जस्तीकरणी उद्योगमा जाहेरी दिएको जानकारी दिए । कुश्माखरका बुबा गंगाराम र आमा सुनिता चनाराविरुद्ध श्रमशोषण गरेको उजुरीसमेत दिएको उनले बताए । आफूविरुद्ध प्रहरीमा जाहेरी परेसँगै कुश्माखर फरार भएका छन् । प्रहरी निरीक्षक शाहीले उसको खोजीकार्य जारी भएको बताउँदै गंगाराम र सुनितालाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ भइरहेको जानकारी दिए ।

पीडित बालिकाले वडाध्यक्षका छोराले पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरेकी छन् । निवेदनमा बालिकाले दुई वर्षदेखि निरन्तर बलात्कार गरिएको र हाल पेटमा आठ–दश साताको गर्भ रहेकोसमेत उल्लेख गरेको प्रहरी निरीक्षक शाहीले बताए ।

जाहेरीअनुसार २०७७ चैतको अन्तिममा लकडाउनको बहानामा बालगृह सञ्चालिका सुनिताले ती बालिकालाई आठबीसकोट १० स्थित आफ्नो घरमा लगी काममा लगाउने गरेकी थिइन् । वडाध्यक्षले गरेको ओखर खेतीमा पानी र बोइलर कुखुरा पालनको काममा उनलाई चारो हाल्न नियमित लगाएको जाहेरीमा उल्लेख छ ।

 

‘कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडाध्यक्ष गंगाराम र सुनिताका कान्छा छोरा कुश्माकर चनारा (रवि) ले पछाडिबाट आएर मुख थुनी जबर्जस्तीकरणी गरेर कहीँ कतै भनेमा मारिदिने धम्की दिएको हो,’ उनले जाहेरीमा उल्लेख गरेकी छन् ।

नगरपालिकाको न्यायिक समितिमा दिएको निवेदनका आधारमा १९ भदौमा उनलाई आठबिसकोटको नगर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । जाँचमा बालिका गर्भवती रहेको देखिएको छ । उनको पेटमा रहेको बच्चा ९ देखि १० साताको रहेको तथ्य रिपोर्टले देखाएको छ । पीडित बालिकाले १७ भदौमा आफू कोठामा पढिरहेका बेला वडाध्यक्ष गंगारामले नराम्रो नियतका साथ टाउको थिचेर कानमा औंला राखेर रगडेको भन्दै वडाध्यक्ष, बालगृह सञ्चालिका सुनिता र बलात्कार गर्ने रविमाथि हदैसम्मको कारबाहीको माग गरेकी छन् ।

२०७४ मा बालगृहमा पढ्न भनेर बसेकी ती बालिका कक्षा ३ मा भर्ना भएकी थिइन् । उनीसहित बालगृहमा बसेका १२ जना अभिभावकविहीन बालबालिकालाई २०७६ मा माओवादी केन्द्रका नेता शर्माले अभिभावक बनेर विद्यालय भर्ना गरेका थिए । न्यूज कारखाना

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : ३८ बजे

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र

नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना

पेरिस- स्वास्थ्यमा समस्या आए पछि इरानका नोबेल शान्ति पुरस्कार विजेता

मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

कञ्चनपुर- कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले