यस वर्ष बाढीपहिरोबाट २९ जना बेपत्ता (नामावलीसहित) | Khabarhub Khabarhub

यस वर्ष बाढीपहिरोबाट २९ जना बेपत्ता (नामावलीसहित)


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्ष विभिन्न समयमा आएको बाढीपहिरोका कारण २९ जना बेपत्ता भएका छन् । प्रहरीको तथ्यांकअनुसार गत ३१ जेठदेखि १८ भदौसम्म बाग्मती प्रदेशमा २५, गण्डकीमा दुई र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक-एकजना बाढीका कारण बेपत्ता भएका हुन् ।

गत ३१ जेठमा सुदूरपश्चिम प्रदेश बाजुराका १२ वर्षीय बालक कमल बुढा बाढीमा बेपत्ता भएका छन् । गत १ असारमा मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकका १५, भारतका दुई, झापाका एक, रुपन्देही एक र चीनका एकजना बेपत्ता भएका छन् ।

विवरणअनुसार सिन्धुपाल्चोकमा बाढीबाट बेपत्ता हुनेमा माधव भण्डारी, गणेश ज्योति, टिकामाया खड्का, ज्ञानेन्द्र कक्षपति, सुरेन्द्र नेपाल, च्याङा तामाङ, काली तामाङ, साइँली तामाङ, पूर्ण तामाङ, कामी तामाङ, नोर्की तामाङ, गीता थापा, सदिप थापा, तस्बिर तामाङ र भीमबहादुरी भण्डारी छन् ।

सोही बाढीबाट भारतका विजया बासमूर्ति र जिनडाओ बासमूर्ति, रुपन्देहीका रेशमलाल सार्की, झापा होमराज घिमिरे र चीनका सन यु चुवान बेपत्ता भएका छन् ।

गत १७ असारमा पहिरोका कारण चितवन राप्ती नगरपालिका–१२ का कृष्णलाल चेपाङ, निशा चेपाङ, मोतीलाल चेपाङकी नातिनी बेपत्ता भए ।

गत २३ असारमा बागलुङको ताराखोला गाउँपालिका३ मा पहिरो जाँदा स्थानीय राजेन्द्र कार्की र पर्वतको कुश्मा–८मा आएको बाढीले राजाराम आचार्य बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ ।

यस्तै, ३० असारमा रुपन्देहीको सैनामैना–१० मा आएको बाढीले सुजन न्यौपाने बेपत्ता भए । गत ११ भदौमा सिन्धुलीको मुर्किबेसी वितिजोर खोलामा आएको बाढीले गोलन्जर–२ का पूर्णबहादुर कार्की र १८ भदौमा मकवानपुरको हेटौँडा–१७ शिवम् सिमेन्ट फ्याक्ट्री नजिक आएको बाढीले बगाएर बद्री कार्की बेपत्ता भएका प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  २ : ४६ बजे

कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो

काठमाडौँ- नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल

बिडिसिए कपः त्रिपुरा सेमिफाइनलमा

बैतडी – त्रिपुरा क्रिकेट क्लब बिडिसिए कपको २२औँ संस्करणको सेमिफाइनलमा

मधेसमा कांग्रेसको समर्थनमा फेरि मुख्यमन्त्री दाबी गर्दै सोनल

काठमाडौँ- मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश