बेलायती महारानीले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

बेलायती महारानीले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक (भिडियो)


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नारायणहिटी दरबार संग्रहालयले बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको राजपरिवारलाई उपहार दिएको बग्गी सार्वजनिक गरिएको छ ।

सोमबार संग्रहालयमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सुनौलो बग्गी प्रदर्शनीको उद्घाटन गरे। उक्त सुनौलो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रलाई दिएको संग्रहालयले जनाएको छ ।

वीरेन्द्रको राज्याभिषेकमा प्रयोग गरिएको उक्त बग्गी नारायणहिटी संग्रहालयमा राखिएको छ । नेपालमा राजतन्त्रको अन्त्यसँगै संग्रहालयमा बदलिएको नारायणहिटी दरबारमा रहेका यस्ता सामाग्री चरणचरणमा सार्वजनिक गरिँदै आएका छन् ।

कार्यक्रममा सचिव कोइरालाले राजा महाराजाले प्रयोग गरेका बग्गी, सवारीसाधानलगायतका बस्तुलाई क्रमशः प्रदर्शनमा राख्ने बताए। ऐतिहासिक महत्वको क्षेत्र नारायणहिटीलाई थप अनुसन्धान खोजका लािग मास्टर प्लान बनाएर नै अघि बढ्ने योजना रहेको उनले बताए ।

त्यस्तै नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले २०७८ सालको निजामति सेवा दिवसका अवसरमा सुनौलो बग्गी प्रदर्शनी गरिएको बताए । उनले तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरेको उक्त बग्गी जस्तै अर्को बग्गी बेलायतको राजदरबार बकिंघम दरबारमा रहेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिका वडा नं. १ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । परिसर उत्तरतर्फ सेनाको एक पृतना कार्यालय छ । मध्य भागमा महेन्द्र मन्जिल छ । पूर्वतर्फ गणतन्त्र स्मारक र पश्चिमतर्फ परराष्ट्र मन्त्रालयको राहदानी विभाग छ । दरबारभित्र विभिन्न बैठक कोठा, पूर्वराजारानीका शयन कक्ष, राजकीय पाहुनाहरूले प्रयोग गर्ने कक्षसहितका ५२ वटा कोठा छन् । तीमध्ये ३२ वटा कक्ष प्रदर्शनीमा ल्याइएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ४ : २६ बजे

ललितपुरको किस्ट अस्पतालनमा पानी पस्यो, बिरामीलाई अन्तै सारियो

काठमाडौं– ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी

बाढीले एमाले मुख्यालय डुबानमा (तस्बिरसहित)

काठमाडौं– गत बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीले एमाले

पाँचथरमा भवन भत्किँदा दुईजनाको मृत्यु

पाँचथर– अविरल वर्षाका कारण पाँचथर सदरमुकाम फिदिममा भवन भत्किँदा दुईजनाको

कुलेखानी जलाशयको ढोका खोलियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर– अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको

बागमतीसहित केही नदीको जलसतह खतराको विन्दु माथि

काठमाडौं– अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित