जुम्लाको हिमा गाउँपालिकामा पठनपाठन शुरु | Khabarhub Khabarhub

जुम्लाको हिमा गाउँपालिकामा पठनपाठन शुरु


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको हिमा गाउँपालिकाका विद्यालयहरुमा पठनपाठन शुरु भएको छ । गाउँपालिकाले यही भदौ १५ गतेदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको हो ।

गाउँपालिकाको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत ८२ विद्यार्थीको कोरोना परीक्षण गरेर पठनपाठन शुरु गरिएको शिक्षक खम्बा शाहीले जानकारी दिए ।

“विद्यार्थीको कोरोना परीक्षण नतिजा नेगेटिभ आएपछि पठनपाठन शुरु गरेका हौँ,” उनले भने । स्वास्थ्य मापदण्ड पालन गर्ने गरी गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन सञ्चालन गर्न अनुमति दिइएको शिक्षा शाखा प्रमुख शङ्कर धितालले बताए ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका शिक्षा शाखा प्रमुखसितको छलफल पछि विद्यालय सञ्चालनको निर्णय गरिएको धितालको भनाइ छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले शिक्षा शाखालाई एक साताभित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउन निर्देशन दिएको बताए ।

“कोरोनाले विद्यालय बन्द हुँदा विद्यार्थी मेला, पर्व र अन्य काममा जान थालेका छन् । त्यहाँभन्दा विद्यालयमै उनीहरु सुरक्षित हुने सुझाव प्राप्त भएको छ,” उनले भने ।

सरकारले पछिल्लो समयमा ‘स्मार्ट लकडाउन’ कार्यविधिसमेत बनाएको छ । स्वास्थ्यको मापदण्डअनुसार हरेक साता कोरोना परीक्षण गरेर १०० जनामा परीक्षण गरेमा पाँच जनाभन्दामुनि नतिजा पोजेटिभ आएमा मात्रै विद्यालय सञ्चालन गर्न पाइने मापदण्ड बनाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक राजीव शाहले जानकारी दिए ।

यस्तै चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले आठ विद्यालयमा कोरोना परीक्षण गरेको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । तिला गाउँपालिकाले पनि कार्यपालिको बैठक राखेर छिट्टै विद्यालय खुलाउने तयारी गरेको सो गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १० : ३० बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले