पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा « Khabarhub

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा


१७ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकमाथिको प्रतिबन्ध फुकुवा गरेको छ ।

आयोगको सचिवालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै अनुसन्धानका लागि लिइएको पूर्व निर्णयअनुसारको कार्य सम्पन्न भइसकेकाले लेखकको विदेश भ्रमणमा लगाइएको रोक्का फुकुवा गरेको जानकारी दिएको हो।

यअअघि लेखकलाई विदेश भ्रमण तथा काठमाडौं उपत्यका नछाड्ने गरी प्रतिबन्ध लगाइएको लगाइएको थियो।

यसअघि आयोगको बैठकले अनुसन्धानको दायरामा रहेकाले पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमण रोक्ने र काठमाडौं उपत्यका बाहिर जान नदिने निर्णय गरेको थियो।

आयोगले उक्त निर्णय फुकुवासम्बन्धी जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र स्वयं रमेश लेखकलाई बोधार्थ पठाएको छ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ५ : ०२ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह