भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण « Khabarhub

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित नेपाल–चीन सिमानामा रहेका सीमा स्तम्भको निरीक्षण गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुर अन्तर्गतको सीमा सुरक्षा पोष्ट बिओपि किमाथाङ्का बिओपी, चिनीयाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा रहेको नेपाल–चीन सिमानामा सीमा स्तम्भको निरीक्षण गरेको हो ।

उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकामा चीनको स्वशासित क्षेत्र तिब्बत्सँगको सिमानापर्ने नेपाल–चीन सिमानाका चार वटा सीमास्तम्भ निरीक्षण गरेको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी किमाथाङ्का, चिनीयाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ अन्तर्गत रहेका चारवटा सीमा स्तम्भको निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलले जानकारी दिए ।

संयुक्त सुरक्षा टोलीले किमाथाङ्का नाकामा रहेका ६७, ६८÷२, ६९÷१ र ६९÷२ नम्बरको सीमास्तम्भ र सीमाको अवस्था लगायतका विषयमा निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ४ अरुण गुल्म चैनपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

संयुक्त टोलीले इलाकाको बस्तु स्थिति तथा सीमा चिन्हको अवस्थासमेत निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी किमाथाङ्का इन्चार्ज नवीन खतिवडा नेतृत्वमा ११ जना, चीनको स्वशासित क्षेत्र तिब्बतका डिएसपी दावा छिरिङको कमाण्डमा सातजना र नेपाल प्रहरीका पाँच जनाको संयुक्त टोलीले विभिन्न सीमास्तम्भको निरीक्षण गरेको छ । भोटखोला गाउँपालिकाका– १, २ र ३ सिधैँ चीनको भू–भागसँग जोडिएका छन् । सङ्खुवासभा जिल्लामा २१ वटा सीमास्तम्भ रहेका छन् । किमाथाङ्कामा नेपाल–चीनअन्तरराष्ट्रिय सीमास्तम्भ निक्कै पुरानो भएको बताइएको छ ।

गत जेठमा आएको बाढीले ७१÷१ को सीमा स्तम्भ बगाएर बेपत्ता बनाएको छ । किमाथाङ्का नाकामा २०७६ मा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी स्थापना भएको हो ।

भोटखोला–१ स्थित दोङ्गोप्पाखोला र छोकाङ खोलामा बाढीले बगाएको ७१÷१ सिमास्तम्भ हालसम्म फेला परेको छैन । भोटखोला गाउँपालिका–१, २ र ३ छिमेकी चीनको भू–भागसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको छ भने यहाँ आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् ।

खाँदबारीदेखि किमाथाङ्का एक सय ६२ किलोमिटरको दुरीमा पर्दछ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ४ : ३५ बजे

विदेशबाट फर्केका युवा सुकुटी व्यवसायमा, भन्छन्- मासिक दुई लाखसम्म आम्दानी गर्छौँ

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने