काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५१२ कोरोना संक्रमितको आईसीयूमा र १६३ को भेन्टिलेटरमा गरी कुल ६७५ जना उपचाररत छन् ।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७४ जना आईसीयूमा र ३४ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ३ जना आइसीयूमा, बागमती प्रदेशमा २९७ जना आईसीयूमा र १०५ जना भेन्टिलेटरमा उपचारत छन् ।
त्यस्तै गण्डकी प्रदेशमा ७७ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ४६ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, कर्णालीमा ६ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ९ जना आईसीयू र ८ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया