झाँक्रीलाई ओलीको प्रश्न : अहिले बोल्न पाइन्छ कि पाइँदैन ? « Khabarhub

झाँक्रीलाई ओलीको प्रश्न : अहिले बोल्न पाइन्छ कि पाइँदैन ?


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीलाई जवाफ फर्काएका छन् । सोमबार युवा संघको कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनपछि प्रदर्शनमार्गमा आयोजित तत्कालीन नेकपाको दाहाल–नेपाल समूहको आमसभामा बोल्न पाइन्छ भन्दै फिल्मी शैलीमा स्टिकर फुकालेको प्रसंगमा ओलीले सोमबार झाँक्रीलाई जवाफ फर्काएका हुन् ।

झाँक्रीले राष्ट्रपति र तत्कालीन प्रधानमन्त्री ओली विरुद्ध जथाभावी बोलेको भन्दै तत्कालीन सरकारले गिरफ्तार गर्ने चर्चाकाबीच झाँक्रीले प्रदर्शनीमार्गमा बोल्न पाइन्छ भनेर प्रदर्शन गरेकी थिइन् । अहिले उनै झाँक्रीको दल नेकपा (एकीकृत समाजवादी) को समर्थनको सरकारले छिमेकी देशका राष्ट्रप्रमुखविरुद्ध विरोध प्रदर्शन नगर्न र पुत्ला दहन नगर्न आग्रह गरेका बेला ओलीले झाँक्रीलाई प्रश्नसहित जवाफ दिएका हुन् ।

ुआफैले टाँसेको टेप, मास्क फुत्त फालेर फिल्मी स्टाइलमा चट चट फालेर बोल्न पाइन्छ भन्नेहरुलाई अहिले म सोध्न चाहन्छु, तिनीहरु, तिनीहरुको सरकारलाई, देशकोबारेमा, राष्ट्रियताकोबारेमा बोल्न पाइन्छ कि पाइँदैन ? देशकोबारे, राष्ट्रियताकोबारेमा बोल्न पाउनुपर्छ,’ ओलीले भने ।

ओलीले त्यति बेला झाँक्रीले अश्लील, छाडा बोलेको भन्दै आक्रोश पोखे । ‘आफैंले टाँसेको टेप फुकालेर बोल्न पाइन्छ भन्या छन् । अहिले किन भन्न सक्दैनन् ? ती दल, ती दलका नेताहरु, अपराधका हिस्सेदारहरु किन बोल्दैनन् ? हिजो त जसलाई जे पनि गाली गरेको छ । माइतीघर वरिपरी दिनैपिच्छे गाली गरेर बस्या छ । अहिले कहाँ छन् ?’ ओलीले प्रश्न गरे, ‘हिजो अधिनायकवाद र निरशंकुता भो रे । अहिले लोकतान्त्रिक वाक स्वतन्त्रा भो र ? अहिले संविधानविपरीत सिधै चुनौती दिएर बोलेमा कारबाही गर्छु भन्छ । शासन दमनकारी हुन पाउँदैन । शान्तिपूर्ण विरोध अभिव्यक्ति स्वतन्त्रता, विरोध प्रदर्शनको स्वतन्त्रता खोस्न सकिँदैन । खोस्नेलाई तानाशाह भनिन्छ । तानाशाही टिक्दैन भन्ने हामी सबैलाई थाहा छ ।’

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ६ : २५ बजे

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः