डोल्पामा ४१ जना जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा खनाखत « Khabarhub

डोल्पामा ४१ जना जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा खनाखत


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– डोल्पामा नेकपा एमाले छाडेर ४१ जना जनप्रतिनिधिहरूले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । सोमबार सामूहिक रूपमा जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले हस्ताक्षर गरेका हुन् ।

ठूलीभेरी नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीसहित आठ जना वडा अध्यक्ष, चार जना जिल्ला समन्वय समितिका सदस्य, १० जना वडा सदस्य, महिला सदस्य सात जना, दलित महिला सदस्य छ जना र कार्यपालिका सदस्य पाँच गरी जम्मा ४१ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

नेकपा एमालेको नेतृत्वले धोका दिएकाले एकीकृत सामाजवादी रोज्नुपरेको ठूलीभेरी नगरपालिकाका नगर प्रमुख शाहीले बताए ।

जिल्ला निर्वाचन कार्यालयमा एकीकृत समाजवादीमा हस्ताक्षर गर्नेमा ठूलीभेरी नगरपालिकाका ३६ जना, जगदुल्ला गाउँपालिकाका तीन जना, मुड्केचुला गाउँपालिकाका एक जना र त्रिपुरासुन्दरी नगरपालिकाका एक जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । न्यूज कारखाना

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ९ : ४५ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण