डोल्पामा ४१ जना जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा खनाखत « Khabarhub

डोल्पामा ४१ जना जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा खनाखत


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– डोल्पामा नेकपा एमाले छाडेर ४१ जना जनप्रतिनिधिहरूले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । सोमबार सामूहिक रूपमा जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले हस्ताक्षर गरेका हुन् ।

ठूलीभेरी नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीसहित आठ जना वडा अध्यक्ष, चार जना जिल्ला समन्वय समितिका सदस्य, १० जना वडा सदस्य, महिला सदस्य सात जना, दलित महिला सदस्य छ जना र कार्यपालिका सदस्य पाँच गरी जम्मा ४१ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

नेकपा एमालेको नेतृत्वले धोका दिएकाले एकीकृत सामाजवादी रोज्नुपरेको ठूलीभेरी नगरपालिकाका नगर प्रमुख शाहीले बताए ।

जिल्ला निर्वाचन कार्यालयमा एकीकृत समाजवादीमा हस्ताक्षर गर्नेमा ठूलीभेरी नगरपालिकाका ३६ जना, जगदुल्ला गाउँपालिकाका तीन जना, मुड्केचुला गाउँपालिकाका एक जना र त्रिपुरासुन्दरी नगरपालिकाका एक जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । न्यूज कारखाना

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ९ : ४५ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ