प्रदेश १ मा ४३९ कोरोना संक्रमित थपिए  « Khabarhub

प्रदेश १ मा ४३९ कोरोना संक्रमित थपिए 


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८०० जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा सात, इलाममा पाँच, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण भएको हो ।

प्रदेशमा आजै ४१० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९८ महिला र २१२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जना महिलासहित आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ८ : ३० बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ