सरकारले एकपछि अर्को गलत निर्णय गरेको नेता थापाको आरोप (भिडियोसहित) | Khabarhub Khabarhub

सरकारले एकपछि अर्को गलत निर्णय गरेको नेता थापाको आरोप (भिडियोसहित)


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले एकपछि अर्को गलत निर्णय गरेको आरोप लगाएका छन् ।

कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा थापाले जयसिंह धामी देखि सडकमा बोल्न नपाउने जस्ता गलत निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै झकझकाउने बेला आएको बताए ।

हेरौँ भिडियो

https://www.facebook.com/watch/?v=827315251273109

उनले प्रतिनिधिसभाको बाँकी अवधीभर सरकारले जनताको ढोका खोल्ने गरि काम गर्नुपर्ने धारणा राखे । थापाले आगामी चुनावमा कसैको काधमा नचढि बहुमत प्राप्त गर्ने गरी तयारी गर्नुपर्ने बताए ।

उनले पार्टीको विधि-विधान विपरीत काम भएका कारण कांग्रेस कमजोर भएको भन्दै विधानअनुरुप नै पार्टी सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराए । कार्यक्रममा कांग्रेसका नेताहरुले वडा, गाउँ–नगर, संघ, प्रदेश लगायत केन्द्रीय महाधिवेशन धाँधलीरहित, निष्पक्ष र पारदर्शीरुपमा सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : ४६ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले