सरकारले एकपछि अर्को गलत निर्णय गरेको नेता थापाको आरोप (भिडियोसहित) « Khabarhub

सरकारले एकपछि अर्को गलत निर्णय गरेको नेता थापाको आरोप (भिडियोसहित)


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले एकपछि अर्को गलत निर्णय गरेको आरोप लगाएका छन् ।

कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा थापाले जयसिंह धामी देखि सडकमा बोल्न नपाउने जस्ता गलत निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै झकझकाउने बेला आएको बताए ।

हेरौँ भिडियो

https://www.facebook.com/watch/?v=827315251273109

उनले प्रतिनिधिसभाको बाँकी अवधीभर सरकारले जनताको ढोका खोल्ने गरि काम गर्नुपर्ने धारणा राखे । थापाले आगामी चुनावमा कसैको काधमा नचढि बहुमत प्राप्त गर्ने गरी तयारी गर्नुपर्ने बताए ।

उनले पार्टीको विधि-विधान विपरीत काम भएका कारण कांग्रेस कमजोर भएको भन्दै विधानअनुरुप नै पार्टी सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराए । कार्यक्रममा कांग्रेसका नेताहरुले वडा, गाउँ–नगर, संघ, प्रदेश लगायत केन्द्रीय महाधिवेशन धाँधलीरहित, निष्पक्ष र पारदर्शीरुपमा सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : ४६ बजे

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा