सर्वोच्च बारद्वारा नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्मान गर्न गृहको ध्यानाकर्षण « Khabarhub

सर्वोच्च बारद्वारा नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्मान गर्न गृहको ध्यानाकर्षण


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च बार एसोसिएसनले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्मान गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरूपमा नकरात्मक टीकाटिप्पणी गर्ने र धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै यही भदौ १८ गते गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिप्रति बारले ध्यानाकर्षण जनाएको हो ।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमा उल्लेख भएबमोजिम विचार र अभिव्यक्तिको स्वतन्त्रलाई कुण्ठित हुने गरी कुनै पनि निकायले विज्ञप्ति जारी गर्न नहुने उल्लेख छ ।

नेपालको संविधानको धारा १७ को उपधारा (२) को खण्ड (क) ले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ । जसअनुसार राज्यभित्र हुने जुनसुकै क्रियाकलापको स्वस्थ टीकाटिप्पणी गर्न पाउने हकबाट कुनै पनि नागरिकलाई वञ्चित गर्न नपाउने विज्ञप्तिमा छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १० : २८ बजे

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा