त्रिदेशीय सीमा छांगरुमा प्रहरी बसेको ५१ वर्षपछि सुविधासम्पन्न भवन निर्माण गरिँदै « Khabarhub

त्रिदेशीय सीमा छांगरुमा प्रहरी बसेको ५१ वर्षपछि सुविधासम्पन्न भवन निर्माण गरिँदै


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- त्रिदेशीय सीमा नजिकैको व्यासको छांगरुस्थित नीतिकुण्डमा नेपाल प्रहरी बसेको ५१ वर्षपछि नयाँ भवन निर्माण सुरु गरिएको छ । सीमा सुरक्षा, अपराध नियन्त्रण र स्थानीयवासीको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको हो ।

नेपाल प्रहरी पहिलोपटक विसं २०२७ मा छांगरु सीतापुलमा बसेको थियो । प्रहरी यसअघि छ महिना व्यासको छांगरु र छ महिना दुम्लिङ झर्ने गरेकामा गत वर्षबाट बाह्रै महिना छांगरुमा बस्न थालेको छ । प्रहरीले पुरानो चुहिने भवनमा बसेर ड्युटी गर्नुपरेको थियो । छांगरुमै बाह्रै महिना बस्ने सशस्त्र प्रहरीका लागि भवन निर्माण सुरु गरिएको एक वर्षपछि नेपाल प्रहरीको पनि भवन निर्माण गरिन लागेको हो । भवन निर्माणका लागि निर्माण व्यवसायी, प्रहरी पुगेर भवन निर्माण शुभारम्भ गरेका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले निर्माण हुने भवनको शिलान्यास गर्नुभएको छ ।

पुरानो जीर्ण भवनमा बस्दै आएका प्रहरीका लागि दुईतले ११ कोठे भवन निर्माण सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए । भवन निर्माणको शिलान्यास गरिएको छ । अबको दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने छ । भवन निर्माणका लागि कूल रु दुई करोड दुई लाख ८५ हजार ५१९ लागतमा एलबी एण्ड एबी प्रालि धनगढीसँग गत वैशाख ७ गते ठेक्का सम्झौता गरिएको थियो ।

भवन निर्माण २०८० वैशाख ६ गते सक्नुपर्ने सम्झौतामा उल्लेख छ । भवन निर्माण गर्न सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट विनियोजन गरेको हो । यो क्षेत्रमा मङ्सिरपछि हिमपात हुने हुँदा भवन निर्माणको काम गर्न सकिँदैन । अहिले निर्माण व्यवसायीले जगको काम सुरु गर्ने तयारी गरेको छ । भवन निर्माणका लागि चाहिने ढुङ्गा, गिट्टी सरियाको व्यवस्थापन गरिएको छ ।

भवन निर्माणका लागि आवश्यक तीन हजार ५०० क्युफिट काठका लागि गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत दिएको छ । सामुदायिक वनले भने काठ दिन नसकिने जनाएको छ । भवनमा काठको प्रयोग बढी हुने र छांगरुमा चिसो हुने भएका कारण न्यानो हुने गरी भवन निर्माण गरिन लागेको प्रनाउ भट्टले बताए। छांगरुको नीतिकुण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी बस्ने गरेका छन् । विगतमा पुरानो जीर्ण भवनमा प्रहरी नबस्दा तस्करले भेडा–बाख्रा राख्ने गरेका थिए भने भवनमा आगो लगाइदिने गर्थे ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १० : ५५ बजे

एमाले नेता तथा पूर्वमन्त्री मानन्धर कांग्रेस प्रवेश 

काठमाडौं– एमाले नेता तथा पूर्वमन्त्री रामबिर मानन्धरसहित सय बढी युवा

कांग्रेसको स्वास्थ्य नीति : अब राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने

काठमाडौं– नेपाली कांग्रेसले राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने नीति

बढ्दो वायु प्रदूषणप्रति स्वच्छ र स्वस्थ वातावरणका लागि सिजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता

काठमाडौं– पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

एजेन्सी– क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता भएका नौ