विपद जोखिम न्यूनीकरणसम्बन्धी तालीम तथा पूर्वाभ्यास « Khabarhub

विपद जोखिम न्यूनीकरणसम्बन्धी तालीम तथा पूर्वाभ्यास


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूकम्प तथा आगलागीजस्ता विपतमा नागरिकलाई सुरक्षित रहने उपायका बारेमा चाँगुनारायण नगरपालिकामा एक दिवसीय प्रशिक्षण सञ्चालन गरिएको छ ।

नगरपालिका र सामाजिक तथा वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट नेपाल) को सहकार्यमा वडा नं १ र २ का विभिन्न सरोकारवाला सम्मिलित प्रक्षिण कार्यक्रममा भूकम्प तथा आगलागीबाट कसरी जोगिन सकिन्छ भन्ने बारेमा तालीम तथा पूर्वाभ्यास गरिएको थियो ।

कार्यक्रममा वडाका प्रतिनिधि, समाजसेवी, उद्योगी, नेपाल रेडक्रसका प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रहरी अधिकृत, महिला, गृहिणीलगायत स्थानीयवासीको सहभागिता रहेको थियो ।

नेपाल विभिन्न विपद्का दृष्टिले उच्च जोखिममा रहेका कारण यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न नागरिकस्तरमा सचेतनाको खाँचो रहेको वडा नं २ का अध्यक्ष शिवहरि केसीले जानकारी दिए। उनले यस किसिमका जनचेतनामूलक कार्यक्रम नगरपालिकाका अन्य वडामा पनि सञ्चालन गरिने बताए ।

आइसेट नेपालले डिसीएको आर्थिक सहयोगमा सो नगरपालिकामा बाढी, पहिरो, आगलागी र भूकम्पजस्ता विपद्को जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १२ : ०९ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया