विपद जोखिम न्यूनीकरणसम्बन्धी तालीम तथा पूर्वाभ्यास « Khabarhub

विपद जोखिम न्यूनीकरणसम्बन्धी तालीम तथा पूर्वाभ्यास


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूकम्प तथा आगलागीजस्ता विपतमा नागरिकलाई सुरक्षित रहने उपायका बारेमा चाँगुनारायण नगरपालिकामा एक दिवसीय प्रशिक्षण सञ्चालन गरिएको छ ।

नगरपालिका र सामाजिक तथा वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट नेपाल) को सहकार्यमा वडा नं १ र २ का विभिन्न सरोकारवाला सम्मिलित प्रक्षिण कार्यक्रममा भूकम्प तथा आगलागीबाट कसरी जोगिन सकिन्छ भन्ने बारेमा तालीम तथा पूर्वाभ्यास गरिएको थियो ।

कार्यक्रममा वडाका प्रतिनिधि, समाजसेवी, उद्योगी, नेपाल रेडक्रसका प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रहरी अधिकृत, महिला, गृहिणीलगायत स्थानीयवासीको सहभागिता रहेको थियो ।

नेपाल विभिन्न विपद्का दृष्टिले उच्च जोखिममा रहेका कारण यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न नागरिकस्तरमा सचेतनाको खाँचो रहेको वडा नं २ का अध्यक्ष शिवहरि केसीले जानकारी दिए। उनले यस किसिमका जनचेतनामूलक कार्यक्रम नगरपालिकाका अन्य वडामा पनि सञ्चालन गरिने बताए ।

आइसेट नेपालले डिसीएको आर्थिक सहयोगमा सो नगरपालिकामा बाढी, पहिरो, आगलागी र भूकम्पजस्ता विपद्को जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १२ : ०९ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता