गर्भधारणका लागि कुन समय र आसनको यौन सम्पर्क उपयुक्त ? | Khabarhub Khabarhub

गर्भधारणका लागि कुन समय र आसनको यौन सम्पर्क उपयुक्त ?


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नव विवाहित जोडीकालागि पहिलो सन्तान जन्माउने प्रक्रिया चुनौती बनिदिन्छ । यसकालागि योजना अनुसार शिशुलाई जन्मदिने तयारीमा जुट्नु पर्दछ ।

शिशु जन्माउन आफ्नो आर्थिक अवस्था, बच्चाको लालनपालनकालागि आवश्यक कुराको व्यवस्थापन सु्निश्चित गरेर मात्र बच्चा पाउँदा ठिक हुन्छ । यद्यपि सबैको हकमा यो लागु नहुन सक्छ । कतिलाई कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ ? वा कसरी गर्भ रहन्छ भन्ने जानकारी नहुन सक्छ । यसकालागि तलका जानकारी उपयुक्त हुन सक्छ ।

जब पुरुषको ‘शुक्रकीट’ महिलाको गर्भाशयमा रहेको अण्डसँग मेल भएर फर्टिलाइज गर्छ तब मात्र गर्भ रहन्छ । यसका लागि यौन सम्पर्क आवश्यक पर्दछ । गर्भधारणका लागि मिसनरी पोजिसन (महिला तल र पुरुष माथि सुतेर गरिने यौन आसन) उपयुक्त मानिन्छ । अन्य आसन पनि उपयुक्त हुन सक्छ ।

गर्भधारणकालागि उपयुक्त समय

गर्भ रहन डिम्ब निष्कासनको पाँच दिनअघि तथा त्यसै दिन यौनसम्पर्क गर्दा सम्भावना बढी हुन्छ । डिम्ब निष्कासन प्रक्रियामा निस्किएको डिम्ब १२ देखि २४ घन्टासम्म फर्टिजाइज हुनसक्छ । यौनका क्रममा प्रवेश गरेको पुरुष शुक्रकीट महिला प्रजनन प्रणालीमा ५ दिनसम्म रहन सक्छ । महिनावारी नियमित छ भने डिम्ब निष्कासन सामान्यतः अर्को महिनावारी सुरु हुनुभन्दा १४ दिन पहिल्यै हुन्छ । त्यसैगरी अधिकांश महिलामा डिम्ब निष्कासन महिनावारीको मध्यविन्दुभन्दा ४ दिन पहिले वा पछि हुनसक्छ ।

सामान्य भन्दा बढी तथा कम तौल भएका महिलाहरूमा ओभुलेसन डिसअर्डरको खतरा बढी हुन्छ । तसर्थ गर्भधारण गर्न चाहने महिलाले तौल नियन्त्रण राख्नु आवश्यक छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १२ : ०५ बजे

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना

‘एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग गर्छ’

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा