गर्भधारणका लागि कुन समय र आसनको यौन सम्पर्क उपयुक्त ? « Khabarhub

गर्भधारणका लागि कुन समय र आसनको यौन सम्पर्क उपयुक्त ?


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नव विवाहित जोडीकालागि पहिलो सन्तान जन्माउने प्रक्रिया चुनौती बनिदिन्छ । यसकालागि योजना अनुसार शिशुलाई जन्मदिने तयारीमा जुट्नु पर्दछ ।

शिशु जन्माउन आफ्नो आर्थिक अवस्था, बच्चाको लालनपालनकालागि आवश्यक कुराको व्यवस्थापन सु्निश्चित गरेर मात्र बच्चा पाउँदा ठिक हुन्छ । यद्यपि सबैको हकमा यो लागु नहुन सक्छ । कतिलाई कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ ? वा कसरी गर्भ रहन्छ भन्ने जानकारी नहुन सक्छ । यसकालागि तलका जानकारी उपयुक्त हुन सक्छ ।

जब पुरुषको ‘शुक्रकीट’ महिलाको गर्भाशयमा रहेको अण्डसँग मेल भएर फर्टिलाइज गर्छ तब मात्र गर्भ रहन्छ । यसका लागि यौन सम्पर्क आवश्यक पर्दछ । गर्भधारणका लागि मिसनरी पोजिसन (महिला तल र पुरुष माथि सुतेर गरिने यौन आसन) उपयुक्त मानिन्छ । अन्य आसन पनि उपयुक्त हुन सक्छ ।

गर्भधारणकालागि उपयुक्त समय

गर्भ रहन डिम्ब निष्कासनको पाँच दिनअघि तथा त्यसै दिन यौनसम्पर्क गर्दा सम्भावना बढी हुन्छ । डिम्ब निष्कासन प्रक्रियामा निस्किएको डिम्ब १२ देखि २४ घन्टासम्म फर्टिजाइज हुनसक्छ । यौनका क्रममा प्रवेश गरेको पुरुष शुक्रकीट महिला प्रजनन प्रणालीमा ५ दिनसम्म रहन सक्छ । महिनावारी नियमित छ भने डिम्ब निष्कासन सामान्यतः अर्को महिनावारी सुरु हुनुभन्दा १४ दिन पहिल्यै हुन्छ । त्यसैगरी अधिकांश महिलामा डिम्ब निष्कासन महिनावारीको मध्यविन्दुभन्दा ४ दिन पहिले वा पछि हुनसक्छ ।

सामान्य भन्दा बढी तथा कम तौल भएका महिलाहरूमा ओभुलेसन डिसअर्डरको खतरा बढी हुन्छ । तसर्थ गर्भधारण गर्न चाहने महिलाले तौल नियन्त्रण राख्नु आवश्यक छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १२ : ०५ बजे

गाजाको पुनः स्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोग घोषणा

ब्रसेल्स- युद्धबाट प्रभावित गाजाको प्रारम्भिक पुनःस्थापनाका लागि युरोपेली दाताहरूले करिब एक

उज्यालो र सुरक्षित सहर अभियानमा ललितपुर महानगरको तीव्रता

काठमाडौं– ललितपुर महानगरपालिकाले उज्यालो र सुरक्षित सहर अभियानलाई तीव्रता दिएको

कालिकोटमा बढ्दै एचआईभी सङ्क्रमित

मान्म– पछिल्लो पटक कालिकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ

सञ्चार गृहअगाडि शंकास्पद गाडीबारे महासचिव पोखरेलको टिप्पणी, ‘विनाशकाले विपरीत बुद्धि’

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग

बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण

ढोरपाटन– बागलुङको सबैभन्दा विकट पालिका मानिन्छ तमानखोला गाउँपालिका । यहाँ