अस्ताए ‘रामायण’का ‘रावण’ « Khabarhub

अस्ताए ‘रामायण’का ‘रावण’


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– भारतीय टेलिभिजनको सर्वाधिक सफल शो ‘रामायण’मा लंकाधिपति रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको मंगलबार हृदयघातका कारण निधन भएको छ । उनी ८३ वर्षका थिए । उनका भतिज कौस्तुभ त्रिवेदीले अभिनेताको निधनको पुष्टि गरेका छन् ।

कौस्तुभका अनुसार अरविन्दको मंगलबार राती १० बजे निधन भएको हो । पछिल्लो दुई तीन दिनयता उनको स्वास्थ्य अवस्था खराब थियो । यद्यपि उनलाई कुनै रोग भने थिएन । उनलाई हृदयघात भएपछि शरीरका विभिन्न अंगले काम गर्न छोडेको थियो ।

अरविन्दको निधनपछि ‘रामायण’मा उनीसँग काम गरेका अरुण गोविल, सुनील लहरी, दीपिका चिखलिया र फ्यानहरुले उनीप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् ।

रामानन्द सागरको ‘रामायण’मा अरुण गोविलले राम, सुनील लहरीले लक्ष्मण र दीपिका चिखलियाले सीताको भूमिका निर्वाह गरेका थिए । ‘आध्यात्मिक रुपमा रामावतारका कारण र सांसारिक रुपले एक धार्मिक, सरल स्वभावका व्यक्ति र मेरो प्रिय मित्र अरविन्द त्रिवेदीजीलाई आज मानव समाजले गुमाएको छ । निश्चय नै उहाँ सिधै परमधाम जानुहुनेछ र भगवान श्रीरामको सानिध्य पाउनुहुनेछ’, अरुणले लेखेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १२ : २३ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता