‘पदमा पुगेर पैसा कमाउनु छैन, पार्टीलाई संस्थागत गर्छु’ « Khabarhub

‘पदमा पुगेर पैसा कमाउनु छैन, पार्टीलाई संस्थागत गर्छु’


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई पदमा पुगेर पैसा कमाउनु नपर्ने बताएका छन् ।

नेपाली कांग्रेस नागार्जुन नगर समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले  यसपटक आफू सभापति पदमा लड्ने दोहोर्‍याउँदै भने, ‘प्रजातन्त्र जोगाउनुपर्‍यो । पार्टी संस्थागत गर्नुपर्‍यो । जनतालाई सहयोग गर्नुपर्‍यो भन्ने हो । मलाई पदमा पुगेर पैसा कमाउनु छैन।’

१३औँ महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको स्मरण गर्दै सिंहले यसपटक काठमाडौँबासीले नेपाली कांग्रेसको नेतृत्व गर्न पर्ने पनि बताए ।

‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ?,’ उनले भने, ‘के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने?’

नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको उनको आरोप छ । सभापति शेरबहादुर देउवाले चार वर्षसम्म पार्टीको विभागसम्म गठन गर्न नसकेको उनले बताए ।

नेपाली कांग्रेसमा गुट नै गुटले पार्टी विभाजित देखिँदा पनि जनताले खोजेको बताएका सिंहले आफूले नेतृत्वको अवसर पाए पार्टी एक ढिक्का बनाउने पनि उद्घोष गरे ।

नेताको छोराछोरी वा परिवारको मान्छै भन्दैमा क्षमतावानहरुलाई पाखा लगाउन नहुने उनले बताए ।

‘त्याग नै त्याग भनेर मात्र हुन्छ ? १३ औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो । म पहिले महामन्त्री जितेको हुँ । बीपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ’, उनले थपे, ‘गणेशमानको छोरा भन्छन् तर नेतृत्वमा आउन परिवादबादको ट्याग लगाउने ?’

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १२ : ३४ बजे

विश्वकप फुटबल : पहिलो हाफमा मेक्सिको विरुद्ध इंग्ल्याण्डलाई २–१ को अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर