भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिना पछिकै कम « Khabarhub

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिना पछिकै कम


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा कोरोना सङ्क्रमितको संख्या  सात महिना पछिकै कम देखिएको छ ।

अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६८७ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् ।

यो सङ्ख्या २०३ दिनपछिकै सवैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ८३३ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् ।

नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ३१ लाख ७५ हजार ६५६ पुगेको छ ।

भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ५७ करोड ६८ लाख तीन हजार ८६७ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्ये १४ लाख नौ हजार ८२५ जनाको हिजो मंगलबार परीक्षण गरिएको हो ।

भारतमा पछिल्लो समयमा सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा सवैभन्दा धेरै एक लाखभन्दा बढी देखिदै आएको छ । केरलामा अहिलेपनि एक लाख २५ हजार ३० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यसैगरी महाराष्ट्रमा ३६ हजार ७४४ जना सक्रिय सङ्क्रमितहरु रहेको मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा यसअघि सक्रिय सङ्क्रमितहरुको सङ्ख्या लामो समयसम्म सवैभन्दा धेरै रहेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १ : ३० बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय