खाद्य कम्पनीले बेच्यो साढे ३८ लाखको चामल, शनिबारदेखि खसीबोका पनि बेच्ने « Khabarhub

खाद्य कम्पनीले बेच्यो साढे ३८ लाखको चामल, शनिबारदेखि खसीबोका पनि बेच्ने


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिब साढे ३८ लाख बराबरको चामल बिक्री वितरण गरेको छ ।

यही असोज १ गते शुरू गरिएको सहुलियत पसलबाट रु ३८ लाख ५९ हजार बढीको चामल बिक्री भएको हो । जम्मा ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट १८ सोमबारसम्म ५३० क्विन्टल चालम बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार यो वर्ष कम्पनीले सहुलियत पसलमा ८ थरिका चामल बिक्रीका लागि राखेको छ । जसमध्ये स्टिम जिरा मसिनो चामलको बिक्री सबैभन्दा बढी छ । कम्पनीले काठमाडौँ उपत्यकामा रहेका चारवटा बिक्री कक्षसँगै अनलाइनमार्फत समेत खाद्यान्नको बिक्री वितरण गर्दै आएको छ ।

त्यस्तै तीन सय ४१ किलो कर्णालीको सिमी, २७२ किलो क्वाँटी, १९९ किलो मुग खोस्टा दाल, दुई हजार ६९५ किलो रहर दाल, तीन हजार ३५७ किलो मुसुरो दाल र तीन हजार ६५२ किलो मासको दाल बिक्री भएको न्यौपानेले जानकारी दिइन् ।

यस्तैगरी, एक हजार २७५ किलो तीते फापर, सात ५२ किलो आयो नून, ५४२ किलो गहुँ, एक हजार २०० किलो चिनी र एक हजार ३७८ किलो आँटा बिक्री गरेको कम्पनीले जनाएको छ ।

दुई हजार ८४७ लिटर सूर्यमुखी तेल, एक हजार २४९ लिटर तोरीको तेल, चार हजार १८६ लिटर भटमास तेल र आठ हजार २९२ लिटर डिडिसीको घ्यू बिक्री भएको कम्पनीले छ ।

कम्पनीले दसैँका लागि प्रति किलो खसी तथा बोकामा रु दश छुट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा रु पाँच तथा भटमासको तेल र सिमीमा रु १० छुट दिएको छ ।

शनिबारदेखि खसीबोका बिक्री

कम्पनीले शनिबारदेखि खसीबोका बिक्रीको तयारी भएको कम्पनीले जनाएको छ ।

‘हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली बिक्री काउन्टरबाट खसीबोका बिक्रीको तयारी गरेका छौँ, बिहीबार बेलुका खसीबोका आइपुगे शुक्रबार बिहानदेखि वा शुक्रबार बेलुका आइपुगे शनिबारदेखि नै बिक्री गछौँ’, सूचना अधिकारी न्यौपानेले भनिन् ।

कम्पनीले यस वर्षको दसैँका लागि मुस्ताङबाट च्याङ्ग्रा नल्याएपछि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याउने जनाएको छ ।

दुई जिल्लामा खसी बोका खरिद भए पनि काठमाडौँमा कतीमा बिक्री गर्ने भन्ने मूल्य निर्धारण भइनसकेको जनाइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १ : ४० बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता