कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग « Khabarhub

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गरे ।

विज्ञप्तिमा भनिएको छ, “जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कूटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्ने गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न सुपरिक्षक पठाउन जोडदार माग गर्दछौं ।”

१२ औँ राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुँदैछ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ४ : ४० बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा