पत्रकारको हकहितका लागि पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन (फोटोफिचर) « Khabarhub

पत्रकारको हकहितका लागि पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन (फोटोफिचर)


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रमजिवी पत्रकारका पक्षमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

जहाँ श्रम समस्या, त्यहाँ नेपाल पत्रकार महासंघ भन्ने नाराका साथ महासंघले बुधबार काठमाडौंमा बृहत ऐक्यवद्धता प्रर्दशन गरेको हो ।

चाडवाडका बेला समेत केही सञ्चारसंस्थाले पारिश्रमिक नदिएको, कोरोनालाई देखाउँदै सञ्चारगृहबाट पत्रकारलाई निस्कासन गरेको भन्दै पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी पत्रकारहरुले ‘पेशागत अधिकार रक्षाका लागि आन्दोलन जारी छ’, ‘हामी पत्रकार चाहन्छौ श्रम अधिकार’, ‘सञ्चारमाध्यमभित्रको श्रम समस्या समाधान गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा महासंघका उपाध्यक्ष रमेश बिष्टले अहिले आन्दोलनको सुरुवातमात्र भएको भन्दै पत्रकारको हकहितका लागि सञ्चारगृहका साथै सञ्चारगृहका सञ्चालकको घरको ढोकामा धर्ना दिने चेतावनी दिए।

त्यस्तै महासंघका महासचिव रोशन पुरीले श्रम समस्या सम्बोधनका लागि महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए ।

महासंघले पारिश्रमिकसँगै श्रमसँग जोडिएका अन्य समस्या समाधान हुनपर्ने माग अघि सारेको छ । त्यस्तै महासंघले अब पत्रकारको पक्षमा निरन्तर दवावमूलक कार्यक्रम गर्ने जनाएको छ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : १५ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता