पत्रकारको हकहितका लागि पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन (फोटोफिचर) « Khabarhub

पत्रकारको हकहितका लागि पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन (फोटोफिचर)


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रमजिवी पत्रकारका पक्षमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

जहाँ श्रम समस्या, त्यहाँ नेपाल पत्रकार महासंघ भन्ने नाराका साथ महासंघले बुधबार काठमाडौंमा बृहत ऐक्यवद्धता प्रर्दशन गरेको हो ।

चाडवाडका बेला समेत केही सञ्चारसंस्थाले पारिश्रमिक नदिएको, कोरोनालाई देखाउँदै सञ्चारगृहबाट पत्रकारलाई निस्कासन गरेको भन्दै पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी पत्रकारहरुले ‘पेशागत अधिकार रक्षाका लागि आन्दोलन जारी छ’, ‘हामी पत्रकार चाहन्छौ श्रम अधिकार’, ‘सञ्चारमाध्यमभित्रको श्रम समस्या समाधान गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा महासंघका उपाध्यक्ष रमेश बिष्टले अहिले आन्दोलनको सुरुवातमात्र भएको भन्दै पत्रकारको हकहितका लागि सञ्चारगृहका साथै सञ्चारगृहका सञ्चालकको घरको ढोकामा धर्ना दिने चेतावनी दिए।

त्यस्तै महासंघका महासचिव रोशन पुरीले श्रम समस्या सम्बोधनका लागि महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए ।

महासंघले पारिश्रमिकसँगै श्रमसँग जोडिएका अन्य समस्या समाधान हुनपर्ने माग अघि सारेको छ । त्यस्तै महासंघले अब पत्रकारको पक्षमा निरन्तर दवावमूलक कार्यक्रम गर्ने जनाएको छ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : १५ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको