ठगीको आरोपमा पक्राउ परेका पूर्व सभासद तामाङसहित १२ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति « Khabarhub

ठगीको आरोपमा पक्राउ परेका पूर्व सभासद तामाङसहित १२ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सिभिल सहकारी मार्फत बचतकर्ताको झण्डै एक अर्ब रुपैयाँ ठगी गरेको उजुरी सीआईबीमा परेपछि प्रहरीले सिभिल ग्रुप अन्तर्गत सहकारीका अध्यक्षसमेत रहेका पूर्व सभासद तामाङसहित सञ्चालकहरु केशवलाल श्रेष्ठ, विजय विक्रम शाहलगायत १२ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई  जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको हो ।

उनीहरूलाई संगठित रूपमा ठगी गरेको आरोप छ । १ सय ३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको प्रहरीको भनाइ छ ।

सीआईबीको टोलीले तामाङसहित १२ जनालाई गत बुधबार राति पक्राउ गरेको थियो । गत मंगलबार ठगी आरोपमा उनीहरुविरुद्ध सीआईबीमा उजुरी दर्ता भएको थियो । सोही आधारमा उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ५ : ५३ बजे

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको