ठगीको आरोपमा पक्राउ परेका पूर्व सभासद तामाङसहित १२ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति | Khabarhub Khabarhub

ठगीको आरोपमा पक्राउ परेका पूर्व सभासद तामाङसहित १२ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सिभिल सहकारी मार्फत बचतकर्ताको झण्डै एक अर्ब रुपैयाँ ठगी गरेको उजुरी सीआईबीमा परेपछि प्रहरीले सिभिल ग्रुप अन्तर्गत सहकारीका अध्यक्षसमेत रहेका पूर्व सभासद तामाङसहित सञ्चालकहरु केशवलाल श्रेष्ठ, विजय विक्रम शाहलगायत १२ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई  जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको हो ।

उनीहरूलाई संगठित रूपमा ठगी गरेको आरोप छ । १ सय ३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको प्रहरीको भनाइ छ ।

सीआईबीको टोलीले तामाङसहित १२ जनालाई गत बुधबार राति पक्राउ गरेको थियो । गत मंगलबार ठगी आरोपमा उनीहरुविरुद्ध सीआईबीमा उजुरी दर्ता भएको थियो । सोही आधारमा उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ५ : ५३ बजे

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

काठमाडौं – नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन

आज २०८२ साल भदौ २८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा