माओवादीले टुंग्यायो मन्त्रीको नाम (सूचीसहित) « Khabarhub

माओवादीले टुंग्यायो मन्त्रीको नाम (सूचीसहित)


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्री टुंगो लगाएको छ ।

बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले आफूहरुको भागमा परेका मन्त्रीहरुको नाम टुंगो लगाएको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

उनका अनुसार  देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाइएको हो । ४ जनामध्ये बोधामाया राज्यमन्त्रीको भूमिकामा रहने उनले बताए ।

यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी भैसकेका छन् । जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा रहेका छन् । आज मन्त्रीहरुको  नाम टुंग्याइए पनि मन्त्रालय भने टुंगो लाग्न बाँकी रहेको प्रवक्ता महराले बताए ।

त्यस्तै बैठकले पार्टी निकट अखिल क्रान्तिकारीको पदाधिकारी चयनमा देखिएको विवादलाई मध्यनजर गर्दै यसलाई नयाँ ढंगले समाधान गर्ने निर्णय गरिएको  उनले बताए ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : १० बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा