अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ « Khabarhub

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छ भनी रु १२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालीको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनी विश्वास दिलाइ प्रलोभनमा पारेर उक्त रकम ठगी गरेका थिए ।

निरौलाले सञ्चालन गरेको एजुकेशन प्राली हाल बन्द रहेको पाइएको छ । पक्राउ निरौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : ०१ बजे

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री 

वीरगञ्ज– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं– इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री,

प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंगलबार दलको नेता छान्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि

वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा