सशस्त्र प्रहरीद्वारा २८ वटा मानव खप्पर र हड्डी बरामद « Khabarhub

सशस्त्र प्रहरीद्वारा २८ वटा मानव खप्पर र हड्डी बरामद


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलका अनुसार प्रहरी टोलीले मंगलबार रानीस्थित ढाटनजिक को२च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच मानव खप्पर र हड्डी फेला परेको हो ।

गत असोज १८ गते रानीबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १ च ९६४८ नम्बरको मारुती भ्यानमा उक्त मानव खप्पर फेला पारेको हो ।

भ्यानका चालक सशस्त्र प्रहरीलाई टाढैबाटै देख्नासाथै भ्यान छाडेर भागेपछि भ्यानभित्र चेकजाँच गर्दा बोरामा लुकाई छिपाई राखेको अवस्थामा २८ वटा खपडा र खुट्टाको हड्डी १० वटा फेला परेको प्रहरीले जनाएको छ ।

बरामद भएका उक्त हड्डिहरु रानी हेल्थ डेक्सका चिकित्सक मेडिकल अधिकृत कमल किशोर यादव तथा डिभिजन वन कार्यालय विराटनगरका वन अधिकृत प्रमेश्वर पासवानको टोलीले निरीक्षण गर्दा मानव खप्पर तथा हातखुट्टाको नली हाड हुनसक्ने बताएका छन् ।

बरामद हड्डी तथा भ्यान आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : ३० बजे

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर