धौलागिरि हिमाल आरोही पूर्णिमा सम्मानित « Khabarhub

धौलागिरि हिमाल आरोही पूर्णिमा सम्मानित


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धौलागिरि हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई फोटो पत्रकार सङ्घ, कास्कीले आज सम्मान गरेको छ ।

संसारको सातौँ अग्लो हिमाल धौलागिरि (८१६७ मिटर) पहिलोपटक नेपाली महिलाका तर्फबाट उनले यसै साता सफल आरोहण गरेकी हुन् । कार्यक्रममा फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष प्रदीप पौडेलले पूर्णिमाको सफल आरोहणले फोटो पत्रकारको शिर उँचो बनाएको बताए ।

आरोही श्रेष्ठले आर्थिक अभावबीच पनि आरोहण सफल भएको भन्दै खुशी व्यक्त गरिन् । दुई पटकको प्रयासमा धौलागिरि आरोहण गर्न सकेको बताउँदै उनले अब चाँडै नै कञ्चनजङ्घा आरोहण गर्ने योजना रहेको र त्यसपछि मकालु र ल्होत्से आरोहण गर्ने तयारी रहेको जानकारी दिइन् ।

आरोहणमा हेलीभन्दा पदयात्रामार्फत जाँदा स्थानीय ठाउँको प्रवद्र्धन हुने भएकाले प्रदेश सरकारले सो क्षेत्रमा पदयात्रामा बनाउन उनले सुझाव दिइन् ।

काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत उनले असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहण गरेकी थिइन ।

पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । उनले यसअघि सगरमाथा, मनास्लु र आमादब्लम हिमालको आरोहण गरेकी छिन् ।

कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष धर्म पन्थी, फोटो पत्रकार सङ्घ गण्डकी अध्यक्ष राम गुरुङ, फोटो पत्रकार सङ्घ कास्कीका सचिव दुर्गा पौडेल, सहसचिव उमेश पुन, फोटो पत्रकार कृष्णमणि बराल, धनश्याम पौडेल, राधिका कँडेललगायतले श्रेष्ठको आरोहणले फोटो पत्रकारको गरिमालाई थप उँचो बनाएको धारणा राखेका थिए ।

आजै श्रेष्ठले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर आफ्नो हिमाल आरोहणको अनुभव सुनाएकी थिइन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : ३२ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,