अन्तर्राष्ट्रिय स्तरको 'सारङ्गी' मदिरा नेपाली बजारमा | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय स्तरको ‘सारङ्गी’ मदिरा नेपाली बजारमा


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेचुरल स्पिरिट्स नेपालद्वारा तयार पारिएको एउटा अलग्गै तर उत्कृष्ट स्वाद र अन्तर्राष्ट्रिय स्तरको मदिरा सारङ्गी आजदेखि बजारमा उपलब्ध भएको छ ।

यसमा हिमालकै सूर,स्वाद र जोश समेटिएको छ । यो प्रिमयम ब्लेण्ड गरिएको माल्ट मदिरा हो जसमा ३४.४४ प्रतिशत भिभि अल्कोहलको मात्रा विद्यमान छ । परम्परागत विधिलाई कायमै राखेर आधुनिक प्रविधिका साथमा उत्पादन गरिएको सारङ्गी मदिराको स्वाद उच्चकोटीको छ ।

हिमालको काखबाट झरेका निर्मल,कंचन जलका साथमा आयातित उत्कृष्ट गुणस्तरको माल्टसँग सर्वोकृष्ट अन्नहरु मिश्रण गरेर अनुभवी एवं दक्ष मास्टर ब्लेण्डर्सले यो मदिरा उत्पादन गरेको कम्पनीले दावी गरेको छ।

बजारमा बिक्री शुभारम्भका अवसरमा आफ्नो मन्तव्य राख्दै नेचुरल स्पिरिट्स नेपालका प्रमुख कार्यकारी अधिकृत परमानन्द पान्डेले भने,’सारङ्गी नेपालको मौलिक एवं आफ्नै पहिचान हो । यही पहिचानलाई थप नयाँ उचाईमा पुर्‍याउने लक्ष्यका साथ हामीले स्वदेशमा स्वदेशकै प्रचलित विधि र परम्परालाई आधार मान्दै यो नयाँ मदिरा उत्पादन गरेका छौं । यो यही उत्पादन समुहका मदिराहरु मध्ये सबैभन्दा उत्कृष्ट र उच्च किसिमको मदिरा भएको मदिराका शौखिनहरुले महसुस गर्नु हुनेमा हामी विश्वस्त छौं । यो मदिरा नै हो,यसैले उपभोक्ता वर्गलाई म हदभन्दा बाहिर नगई यसको आनन्द लिन हुन समेत आग्रह गर्दछु ।’

नेपाली बजारमा सारङ्गी ७५०,३७५ र १८० मिलि प्याकमा उपलब्धरहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ३ : ०४ बजे

श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण

सुनसरी – बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुका

नेपालविरुद्ध नेदरल्याण्ड्सका माइकल लेविटको अर्धशतक

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालविरुद्ध ब्याटिङ

नेपालले लियो नेदरल्याण्ड्सको चौथो विकेट

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा

टी–२० आईमा भीम सार्कीको डेब्यू

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छ : राजदूत अन्सारी

काठमाडौं– नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारीले नेपाल