छैन देउसीभैलोको रौनक « Khabarhub

छैन देउसीभैलोको रौनक


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– झिलीमिली उज्यालो, मखमली फूल र देउसीभैलोको सङ्गीतमय वातावरणले तिहार पर्वलाई उत्सवमय बनाउँछ । तिहारमा देउसीभैलो गीत गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमताअनुसार दान दिने चलन छ ।

भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा आशिष गीत गाउन लगाएको सम्झनामा देउसीभैलो खेल्न थालिएको धार्मिक विश्वास रहँदै आएको छ । पछिल्लो दुई वर्षयता म्याग्दीमा तिहारको बेला खेलिने देउसीभैलोको रौनक विगतका वर्षको जस्तो छैन । गत वर्षको तिहारमा कोरोना भाइरस महामारीले देउसीभैलो खेलिएन । यसपालि कोरोना महामारीको त्रास घटे पनि स्थानीय प्रशासनले रोक लगाएपछि देउसीभैलो खेल्नेको सङ्ख्या कम भएको हो ।

जिल्ला प्रशासन कार्यालयले कात्तिक १४ गते सूचना नै जारी गरेर मेला जात्रा, देउसीभैलो, खेलकुदजस्ता भीडभाडजन्य क्रियाकलाप गर्न रोक लगाएको थियो । बेनी बजारका हरिप्रसाद पौडेलले मेलाजात्रा र खेलकुद कार्यक्रम निर्वाधरूपमा चले पनि तिहारको सांस्कृतिक पक्ष देउसीभैलोलाई मात्र प्रशासनले हस्तक्षेप गरेको गुनासो गरे ।

उनले भने, ‘प्रशासनले खुला समाज र सांस्कृतिक उत्सवमाथि नै हस्तक्षेप गरेको छ ।’

बेनी बजारमा एउटा द साइनिङ नृत्य समूहको मात्र देउसीभैलो आयोजना गरियो । विगतमा आठदेखि १० वटा समूहले देउसीभैलो खेल्दथे । यसपालि विगतको जस्तो देउसीभैलोको रौनक नहुँदा तिहार खल्लो बनेको बेनी बजारका नैनकुमार श्रेष्ठले बताए ।

‘कोरोना भाइरसको महामारीका कारण गत वर्ष सुनसानजस्तै बनेको तिहारमा यसपालि केही चहलपहल बढे पनि दुई वर्षअघिको जस्तो रौनक छैन’, उनले भने, ‘अर्कातर्फ तिहारमा खेलिने देउसीभैलोमा पश्चिमा संस्कृतिको प्रभाव बढेको छ ।’

चर्को स्वरमा गीत बजाउने र रेकर्ड गरिएको गीतमा नृत्य देखाउने तथा आर्थिक सङ्कलनको मात्र स्रोत बनाइँदा देउसीभैलोको मौलिकता ओझेल परेको श्रेष्ठको गुनासो थियो । हिजो आज सामुदायिक विद्यालय सञ्चालन, अक्षयकोष स्थापना, सामाजिक तथा सार्वजनिक महत्वका सङ्घसंस्थाको संस्थागत विकासजस्ता उद्देश्य राखेर देउसीभैलो खेल्ने गरिन्छ तर आयोजकहरुले आम्दानी खर्च विवरण सार्वजनिक गरेको पाइँदैन ।

रेकर्ड गरिएका थाली, कौरा, सिरफुले, सालैजोजस्ता मौलिक गीत तथा नृत्य पनि समावेश गरेर आर्थिक स्रोत जुटाउने माध्यम बनाइएको छ । सामाजिक परिवर्तनको प्रभाव देउसीभैलोमा पनि पार्नुलाई स्वाभाविक मानिए पनि देउसीभैलोको खास महत्व र मर्म भने हराउन नदिन सचेत बन्नुपर्ने बेनीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठको भनाइ थियो ।

‘आधुनिकताको अनुशरणसँगै मौलिक बाजा र भाकाको संरक्षण गर्न सकेमा कला र संस्कृतिको महत्व जीवन्त रहन्छ’, उनले भने, ‘देउसीभैलोको नाममा जबर्जस्ती पैसा माग्ने, पश्चिमा गीत तथा नृत्य प्रस्तुत गर्ने र सङ्कलित पैसाको दुरुपयोग गर्ने विकृति नियन्त्रणमा सबै पक्षले ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ११ : २४ बजे

१०-१५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबास मिलाउने सरकारको तयारी

काठमाडौं- सरकारले आगामी १० देखि १५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरान यात्रा नगर्न आग्रह

तेहरान– इरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । उनलाई शुक्रबार

डोजर रोक्न माग गर्दै सुकुम्बासीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू?

काठमाडौं– सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्ने

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

महेन्द्रनगर– मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको