तीन महिनामा फरार ४७ अभियुक्त पक्राउ « Khabarhub

तीन महिनामा फरार ४७ अभियुक्त पक्राउ


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई बुझाएको हो ।

प्रहरीले चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असोजसम्मको अवधिमा फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । सबैभन्दा बढी भदौमा २३ अभियुक्तलाई पक्राउ गरिएको छ ।

यस्तै असोजमा १९ तथा साउनमा पाँच अभियुक्तलाई पक्राउ गरिएको खनालले बताए । उनीहरुबाट रु एक करोड ५२ लाख ४७ हजार जरिवाना असुल गरिएको छ ।

अन्य फरार अभियुक्तलाई समेत पक्राउ गरिने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । गत आवमा प्रहरीले ८० फरार अभियुक्तलाई पक्राउ गरेको थियो। उनीहरूबाट रु ७१ लाख ८६ हजार जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  १२ : ०९ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज