विदेशी पर्यटकको निधारमा सप्तरंगी टीका « Khabarhub

विदेशी पर्यटकको निधारमा सप्तरंगी टीका


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– तिहार हिन्दु नेपालीको मुख्य पर्व हो । पछिल्लो समय नेपालका अन्य समूदायमा पनि यो पर्व लोकप्रिय बनिरहेको छ । आजभोलि नेपाली मात्रै होइन, विदेशी पर्यटक पनि सप्तरंगी टीका लगाए रमाइलो गर्न थालेका छन् ।

पोखरामा रहेको पश्चिमाञ्चल होटेल संघले पर्यटक लक्षित भाइटीका महोत्सव आयोजना गरेको छ । १६ वर्षअघि सुरु भएको यो महोत्सवको १४औं संस्करण शनिबार मनाइएको छ ।

‘दुई वर्ष कोभिड संक्रमणका कारण रोकियो । अहिले फेरि सुरु गरेका छौं,’ होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘नेपाल आएका पर्यटकलाई अब भाइटीका महोत्सवबारे थाहा हुन थालिसक्यो । अहिलेको महोत्सवमा यसअघि टीका लगाएर गएकाहरू पनि सहभागी छन् ।’ उनका अनुसार ६ जना पर्यटकले दोहोर्‍याएर भाइटीका लगाएका छन् ।

यो वर्ष विभिन्न ९ देशका २० विदेशी नागरिकले टीका लगाएका उनले जानकारी दिए । पोखरास्थित रेन्वो चिल्ड्रन होमका छात्राहरूले विदेशी पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको पर्यटन प्रवर्द्धनमा सघाउने उद्देश्यले भाइटीका कार्यक्रम आयोजना गरिएको सुवेदीको भनाई छ ।

टीका कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएका थिए । टीका लगाइदिएपछि उनीहरूलाई सयपत्री फूलको माला, टोपी र सेलरोटीलगायत परिकार दिइएको हो । सोही अवसरमा देउसी भैलो र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको निवर्तमान अध्यक्ष विकल तुलाचनले बताए ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए । उनले तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने विगत १३ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको बताए ।

भाइटीका महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको अध्यक्ष तुलाचनले बताए । टीका लगाएपछि विदेशी पर्यटकहरू निकै खुसी देखिएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : ०० बजे

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन

एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई

अब सेन्सरका नाममा फिल्ममा चल्ने छैन कैँची, बोर्डले ल्यायो वर्गीकरणको व्यवस्था

काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र सेन्सरका

शेखरको दाबी : कांग्रेस फुटाउन राजधानीकेन्द्रित षड्यन्त्र भयो, अन्तर्राष्ट्रिय शक्तिसमेत सक्रिय भए

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कमजोर पार्न

नयाँ वर्षको अवसरमा टाटाको ‘बिग स्विच’अफर

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले