जित हासिल गर्न हरेक खतरालाई बुझ्नुस् सही निर्णय लिनुस् « Khabarhub

जित हासिल गर्न हरेक खतरालाई बुझ्नुस् सही निर्णय लिनुस्


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीतिर खतरा प्रत्येक दिशाबाट, प्रत्येक समय आइरहन्छ- बर्खास्त, कम्पनीको अधिग्रहण, प्रतिशोधात्मक सहकर्मी, चिडचिडे बोस्, नयाँ प्रौद्योगिकी, नयाँ सिस्टम्स्, नयाँ वधि । वास्तवमा, यो खतरा यति ठुलो छ जसको बारेमा धेरै पुस्तकहरु लेखिइसकेका छन् ।

यदि हामी राम्ररी सोच्न सक्छौँ, लचिलो रहेर पाइला उठाउन सक्छौँ, जमेर मुक्काले वर्षाउन सक्छौँ तथा दूरीलाई पार गर्न सक्छौ भने हामी केवल परिवर्तनको बाबजुद बच्नमा सफल हुन्छौँ तथा हामी सर्वाेच्च कोटिको कलाबाज र खेलाडी पनि बन्न सक्छौँ । केही मौकामा खतरा हामीमाथि हाबी हुन जान्छ तथा हामीलाई कुल्चिदिन्छ । जिन्दगीले पाइन्ट ब्लैंक रेंजले हामीमा गोली चलाउन सक्छ तथा हामीलाई टाउको निहुर्‍याउने मौका समेत प्राप्त हुँदैन ।

तर जोखिम सदैव जोखिम नै रहन्छ । जब यो वास्तविक बन्छ तब हामी यसलाई सुल्झाउन सक्छौँ । कुन जोखिम वास्तविक हो यसलाई बुझ्न सक्नु नै असल योग्यता हो । जोखिम त धेरै नै हुन सक्छन् तर हामी नै सबैमा प्रतिक्रिया गर्न सक्दैनौँ । वास्तविक चुनौती कम नै हुन्छ तथा हामीले त्यसलाई प्रतिक्रिया जनाउनु पर्दछ ।

यदि हामी जोखिमलाई जोखिमको रुपमा नलिएर यसलाई एक अवसरको रुपमा लिन्छौँ भने यसले हामीलाई धेरै नै फाइदा पुग्न सक्छ । यदि हाम्रो दृष्टि सकारात्मक छ भने हामीमा जोखिमलाई सकारात्मक मान्ने प्रवृत्ति हुन्छ । यदि हामीले चुनौतीको सामना गर्दैनौँ भने हामी कसरी सफल हुन सक्छौँ र ?

मान्नुहोस् हामी तीन जना एक कम्पनीमा म्यानेजर थियौँ । जुन कम्पनीको अधिग्रहण भयो । नयाँ मालिकले आफ्नै म्यानेजर लिएर आए । हामी म्यानेजरहरुलाई ‘डाउनग्रेड’ गरिदिए । दोस्रो शब्दमा हाम्रो डिमोशन भयो । हामीसित कुनै विकल्प थिएन- जागिर छोड्ने बाहेक । यस समयसम्म म नियमको खेलाडी बनिसकेको थिएँँ । यसकारण मैले चाहिँ यसलाई सकारात्मक रुपमा लिएँ । त्यसैले नयाँ मालिकको अगाडि म उनको म्यानेजर बन्न योग्य छु भन्ने सावित गर्ने अवसरको रुपमा लिएँ । तीन महिनापछि नै मलाई दोस्रो पटक प्रमोसन प्राप्त भयो ।

बाँकी दुईमध्ये एकले जागिर छोडिदिए । दोस्रो डाउनग्रेड नै रहिरहे । ती दुईले नयाँ मालिकलाई पीठ पछाडि प्रशस्त गाली दिए, शिकायत गरे तथा यस पाइलालाई अपमानजनक एवं आपत्तिजनक माने । शायद यो यस्तै थियो पनि । तर मलाई यस बारेमा डिप्रेशन महसुस गर्ने जरुरी थिएन । मलाई त यस जोखिममा विजय पाउने तथा अगाडि बढ्ने आवश्यकता थियो ।

साभार  : ‘तपाईंको जीत’ पुस्तकबाट

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : ०७ बजे

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

लन्डन– इरान, अमेरिका र इजरायलबीच जारी छ महिनाको युद्धका क्रममा

विशेष सेवा ऐनसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा