कांग्रेसको प्रदेश १ सभापतिमा सिटौला समूहका थापा विजयी « Khabarhub

कांग्रेसको प्रदेश १ सभापतिमा सिटौला समूहका थापा विजयी


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा संस्थापन पक्ष (देउवा–सिटौला गठबन्धन) का उद्धव थापा विजयी भएका छन् ।

१४ औ महाधिवेशन अन्तर्गत आज बिहान साढे ३ बजे निर्वाचन समितिले घोषणा गरेको मतपरिणाम अनुसार थापाले ८ सय ४४ पाएर निर्वाचित भएका हुन् । उनी कृष्णप्रसाद सिटौला हुन् ।

उनका प्रतिद्वन्द्धी पौडेल–कोइराला समूहका गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गरे । सभापतिमा शुरुआतदेखि नै घिमिरेले अग्रता लिएकामा अन्तिम समयमा थापा दुई मतले जित हासिल गर्न सफल भएका हुन् । उनले घिमिरेलाई दुई मतले पछि पारेका हुन् ।

कार्यसमिति पदाधिकारीमा पनि संस्थापन समूहकै वर्चश्व छ । महामन्त्रीमा संस्थापन पक्षका भुपेन्द्र राईले ८ सय २४ मत ल्याई विजयी भएका छन्।

यस्तै सह-महामन्त्री महिला तर्फ संस्थापन पक्षकी प्रमिला गच्छदारले ८ सय ३७ मत ल्याएर विजयी भएकी छिन् भने इतरकी सीता कार्कीले ७ सय ९३ मत प्राप्त गरेकी छिन् ।

यस्तै सह- महामन्त्री खुल्ला तर्फ सर्वाधिक मतका साथ खड्ग फागो विजयी भएका छन् । उनले १ हजार २६ मत प्राप्त गरेका छन् भने अर्का विजयी बिनोद कुमार बस्नेतले ७ सय ४७ मत प्राप्त गरे।

 

 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : २२ बजे

भदौ २३ गते जेन-जी शहीद दिवस मनाउने सरकारको निर्णय, शुक्रबारदेखि लगातार पाँच दिन बिदा

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी शहीद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार