गर्भको शिशुका लागि के खाने ? | Khabarhub Khabarhub

गर्भको शिशुका लागि के खाने ?


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक गर्भवती महिला आफ्नो गर्भमा रहेको शिशुको बारेमा चिन्तित हुन्छिन् । यसका लागि उनले कतिपय कुराको त्याग गर्नु पर्दछ । गर्भमा रहेको बच्चाको सही विकास होस् भन्नकालागि गर्भावस्थामा महिलाले केही खानेकुरामा विशेष ध्यान दिनुपर्छ । यस्तो बेला के-के खान उत्तम हुन्छ ?

– प्रशस्त पानी

हरेक गर्भवती महिलाले गर्भावस्थामा प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्दछ । पानीको सेवनले शरीर भित्र रहेको विकार पदार्थ बाहिर ल्याउन मद्दत गर्दछ । साथै गर्भावस्थामा हुने विभिन्न इन्फेक्सन हुनबाट पनि बचाउँछ ।

– दाल

गर्भावस्थामा महिलाले राजमा, केराउ, चना, मुसुरोको दाल खानु पर्दछ । यी खानेकुरामा प्रोटिन, फाइबर, आयन, फोलेट, क्यालसियम, जिंक लगायतका महत्वपुर्ण तत्व पाइन्छ । तसर्थ गर्भावस्थामा यसको सेवन गर्नु निकै फाइदा हुन्छ ।

– फाइबरयुक्त खाना

ओटमील, ब्राउन राइस, मल्टीग्रेन आटामा फाइबरका साथै अन्य धेरै प्रकारका पोषक तत्व पाइन्छ । तसर्थ गर्भवती महिलाले भोजनमा यी खानाको सेवन गर्नु निकै लाभदायक हुन्छ ।

– फलफूल

फलफूलमा भिटामिन, एन्टीअक्सीडेन्टस अत्यधिक मात्रामा पाइने हुनाले फलफूलको नियमित सेवन गर्नु पर्दछ । यसको नियमित सेवनले गर्भावस्थामा छालालाई पनि सुन्दर बनाउँछ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : २६ बजे

नवलपरासी कारागारमा १९ कैदी फर्किए

नवलपरासी– नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् । 

जगदीश्वरको नेतृत्वमा सडकमा निस्किए कांग्रेस कार्यकर्ता

काठमाडौँ- नेपाली कांग्रेसका नेता-कार्यकर्ताले शुक्रबार काठमाडौँको सामाखुसी चोकमा पार्टीको झण्डासहित

जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो, १७ सय बढि घाइते

काठमाडौं– जेन-जीको दुई दिने प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६

जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान

दोलखा– जेन-जीहरुको आन्दोलनमा परेर दोलखाका तीन जनाले ज्यान गुमाएका छन्

जेन-जीको आन्दोलनमा निजी क्षेत्रमा भएको क्षतिप्रति महासंघ दुख व्यक्त

काठमाडौं– जेन-जी पुस्ताले मुलुकभर चलाएको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति