माओवादी केन्द्र वडा सम्मेलन : प्यानलकै उम्मेदवारबीच भिडन्त « Khabarhub

माओवादी केन्द्र वडा सम्मेलन : प्यानलकै उम्मेदवारबीच भिडन्त


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- नेकपा माओवादी केन्द्र महोत्तरीको वडा तथा नगर सम्मेलनमा आकाङ्क्षीहरू धेरै भएपछि विवाद चर्किएको छ । उम्मेदवारहरूको आ-आफ्ना दाबी र अडानका कारण सम्मेलन नै अन्योलमा परेको छ ।

नेकपा माओवादी केन्द्र महोत्तरीका अनुसार एक सय ३७ वडामध्ये एक ३० वडामा सम्मेलन सकिएको छ भने बाँकी सात वडामा विवाद कायम नै छ  ।  केही पालिकाहरूमा विवाद कै कारण सम्मेलनको बन्दसत्र स्थगित भएका छन् ।

जिल्लाका १५ पालिकामध्ये अहिलेसम्म नौ पालिकामा सफलतापुर्वक सम्मेलन समपन्न भएको माओवादी केन्द्रले दाबी गरे पनि आन्तरिक कलह उत्कर्षमा छ । बर्दिबास नगरपालिकामा १७ मंसिरमा हुने भनिएको अधिवेशन आकाङ्क्षीहरूको विवादका कारण स्थगित भएको छ ।

महोत्तरीमा विवाद कै कारण माओवादीका शीर्ष नेताहरू पालिकाका उद्घाटन र बन्दसत्रमा सहभागी बनेका छन् । पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अहिले महोत्तरीमै छन् ।

रागोपालपुर नगरपालिका र भंगाहा नगरपालिकामा असहमतिका बीचमा पदाधिकारी मनोनित गरेको स्थानीय नेताको आरोप छ । सम्मेलनमा माओवादी केन्द्र महोत्तरीमा इन्चार्ज राजु खड्का र  संसद गिरिराजमणि पक्ष गरी दुई वटा प्यानल बनेको छ ।

दुवै नेता आ-आफ्नै उम्मेदवार चयन गर्बन लागिपरेका छन् । खड्का र पोखरेलबीच देखिएको अडानले  सर्वसम्मत हुन भने निक्कै अप्ठ्यारो बनिरहेको एक नेताले बताए ।

यता, कतिपय वडाका सम्मेलन अझै निश्चित हुन सकेको छैन् । पुसमा हुने भनिएको माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा वडा सम्मेलन अन्यौलमा पर्दा प्रतिनिधि छनोटमा समेत अफ्ठ्यारो स्थिति सिर्जना भइरहेको छ ।

माओवादी केन्द्रको नगरपालिकाका लागि ६५ सदस्य र गाउँपालिकाका लागि ५५ सदस्य चयन गर्नुपर्ने प्रावधान छ । तर, सम्मेलन भैइसकेका कतिपय पालिकामा विवाद कै कारण कतिपय पदहरू रिक्त छन् ।

गौशाला नगरपालिकामा अझै दुई पद खाली राखेर सम्मेलन सम्पन्न गरेको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए ।

बर्दिबास नगरपालिकाको स्थगित बन्दसत्र २२ मंसिरलाई निर्धारण गरिएको छ । सकेसम्म सर्वसम्मत गर्ने नत्र निर्वाचन प्रक्रियामा गएर भए पनि २२ मंसिरमा बर्दिबासको अधिवेशन समपन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  २ : २५ बजे

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर– जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ  चाँगुनारायण र

५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

बागमती– हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ

आज निर्जला एकादशी, वैदिक सनातन धर्मावलम्बीले घरका मठमा तुलसीको दल राख्दै

काठमाडौँ– वैदिक सनातन धर्मावलम्बीले आज आआफ्नो घरको मठमा तुलसीको दल

विश्वकप गोलकर्ता : मेसीलाई पछ्याउँदै एम्बाप्पे, हालान्ड र भिनिसियस

काठमाडौँ – फिफा विश्वकपको शीर्ष गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान तथा