कांग्रेस महाधिवेशन : उम्मेदवार बनाउनेले भोट नहाल्दा पराजित भए घिमिरे, कोइरालाले माग माफी | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : उम्मेदवार बनाउनेले भोट नहाल्दा पराजित भए घिमिरे, कोइरालाले माग माफी


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आफूलाई उम्मेदवार बनाएका शीर्ष तीन नेताले भोट नहाल्दा प्रदेश-१ को सभापति पदमा कांग्रेस नेता गुरूराज घिमिरे पराजित भएका छन् ।

संस्थापन पक्षका उद्धव थापासँग पराजित घिमिरेलाई उम्मेदवार बनाएका इतर पक्षका नेताहरू डा. शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्य मतदानमा सहभागी नहुँदा पराजित भएका छन् ।

पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन् । तर यसबारे निर्णय भइसकेको छैन । झापाका थापाले ८४४ मत प्राप्त गर्दा गुरूले भने ८४२ मत मात्रै पाए ।

यसैबीच कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले आफ्नो अनुपस्थितले निर्वाचन परिणाममा परेको प्रभावप्रति क्षमा मागेका छन् । परामर्शपछि कानूनी जटिलता आउने निचोडमा पुगेपछि  भोट नहालेको पनि उनले प्रष्ट पारेका छन् ।

‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरुदेखि नै “संशय” थियो । कानूनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेँ । यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,’ कोइरालाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

 

 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  २ : ०९ बजे

कैलालीको ‘टीकापुर पार्क’ : प्रचार नहुँदा ओझेलमा (फोटोफिचर)

कैलाली– कैलालीको टीकापुरमा २०२८ सालमा स्थापना गरिएको टीकापुर पार्कमा घुम्न

कुलमान एक्सन : सडक निर्माणका २५ ठेक्का एकसाथ तोडियो

काठमाडौं – सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर

आईपीएल खेलेका साउथ अफ्रिकन अनुहार, जसले खेल्दैछन् दोस्रो सिजनको एनपीएल

काठमाडौं – विश्वकै ध्यान खिच्न सफल इन्डियन प्रिमियर लिग (आईपीएल)

नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’ 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संसारमा फुटेर

विश्वकप छनोट : नर्वेसँग इटालीको लस्जास्पद हार

काठमाडौं – विश्वकप छनोटमा नर्वेले इटालीलाई हराएको छ। गएराति भएको