कांग्रेस महाधिवेशन : उम्मेदवार बनाउनेले भोट नहाल्दा पराजित भए घिमिरे, कोइरालाले माग माफी « Khabarhub

कांग्रेस महाधिवेशन : उम्मेदवार बनाउनेले भोट नहाल्दा पराजित भए घिमिरे, कोइरालाले माग माफी


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आफूलाई उम्मेदवार बनाएका शीर्ष तीन नेताले भोट नहाल्दा प्रदेश-१ को सभापति पदमा कांग्रेस नेता गुरूराज घिमिरे पराजित भएका छन् ।

संस्थापन पक्षका उद्धव थापासँग पराजित घिमिरेलाई उम्मेदवार बनाएका इतर पक्षका नेताहरू डा. शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्य मतदानमा सहभागी नहुँदा पराजित भएका छन् ।

पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन् । तर यसबारे निर्णय भइसकेको छैन । झापाका थापाले ८४४ मत प्राप्त गर्दा गुरूले भने ८४२ मत मात्रै पाए ।

यसैबीच कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले आफ्नो अनुपस्थितले निर्वाचन परिणाममा परेको प्रभावप्रति क्षमा मागेका छन् । परामर्शपछि कानूनी जटिलता आउने निचोडमा पुगेपछि  भोट नहालेको पनि उनले प्रष्ट पारेका छन् ।

‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरुदेखि नै “संशय” थियो । कानूनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेँ । यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,’ कोइरालाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

 

 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  २ : ०९ बजे

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ