झापा पुगेर माधव नेपाललले भने – एक वर्ष भित्रै एस पहिलो पार्टी बन्छ « Khabarhub

झापा पुगेर माधव नेपाललले भने – एक वर्ष भित्रै एस पहिलो पार्टी बन्छ


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष भित्रमा नै प्रदेश १ मा आफ्नो पार्टी बलियो बन्ने दाबी गरेका छन् । झापाको दमकमा सोमबार नेपाल खेलकुद महासंघ समाजवादीले गरेको प्रदेशस्तरीय भेलालाई सम्वोधन गर्दै उनले देश व्यापी जनलहरले समाजवादी एक नम्बर हुने बाटोतर्फ लागिसकेको बताए ।

अध्यक्ष नेपालले सुदूरपश्चिम तथा प्रदेश २ मा पार्टी एमाले भन्दा बलियो भइसकेको भन्दै अन्य प्रदेशमा पार्टीलाई सोही ढंगबाट बलियो बनाउने कार्यकर्तालाई निर्देशन दिए । ‘सुदूरपश्चिममा केपी ओलीको पार्टी खत्तम भइसक्यो अनि प्रदेश २ मा हरिबिजोग’ छ भन्दा कार्यकर्ताले हुटिङ् गरी उनलाई साथ दिएका थिए ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर समेत रहेको दमकमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दमकमा समाजवादीले कार्यक्रम गर्ने भनेर सुने देखिनै केही व्यक्तिलाई चिट चिट पसिना आएको भन्दै व्यङ्ग्य पनि गरे ।

सो क्रममा नेता नेपालले मञ्चमै रहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईतर्फ ईङ्गित गर्दै प्रदेशको नाम छिटो राख्न निर्देशन दिए । उनले भने, ‘अरु प्रदेशले नाम राखिसके, प्रदेश १ र २ ढिलाई भएको छ । सबैलाई मान्य हुने नाम राख्न ढिला नगर्नू । यस अघिका सरकारले नगरेको काम चाँडै गरेर देखाउनु होला ।’

झापा विद्रोहको नयाँ रुप

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् प्रदेश ईन्चार्ज घनेन्द्र बस्नेतले एकीकृत समाजवादीको गठन झापा विद्रोहको नयाँ रुप रहेको बताए । झापा विद्रोहका लडाकू मध्येका एक मानिने नेता बस्नेतले भने, ‘नेपाली कम्युनिष्ट बलियो बनाउन ५ दशक अघि हामीले झापा विद्रोह गरेका थियौं, तर फेरि एक पटक नेपालमा कम्युनिष्ट आन्दोलनमा संकटमा प¥यो । त्यसैले फेरि हामीले त्यहि झापा विद्रोहको साख र कम्युनिष्ट आन्दोलन वचाउन एक पटक बिद्रोह गर्ने हिम्मत गरेका हौं ।’ नेपाली कम्युनिष्ट आन्दोलन समाप्त पार्ने समुहको नेतृत्व एमालेले गरेको र वचाउने समुहको नेतृत्व समाजवादीले गरेको भन्दै कुन रोज्ने बेला अहिले आएको उनको भनाइ थियो ।

मुख्यमन्त्रीको गुनासो

पार्टीका केन्द्रीय सचिव समेत रहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भने मञ्चबाटै आफ्ना अध्यक्ष नेता नेपालसँग केही गुनासो गरे । आफुले काठमाडौँ जाँदा समेत अध्यक्षलाई भेट्न नसकेको भन्दै उने अध्यक्षमा रहेको जाँगर र ऊर्जाबाट अरु कार्यकर्ताले सिक्नुपर्ने भन्दै दुखेसो पोखे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसँग उनले गुनासो गरे, ‘हामीले आन्दोलन गर्यौं, संघीयता ल्यायौं तर अझै प्रदेश सरकारहरुले त्यसको अनुभूति पाएनन् । बजेट र अधिकार जति संघीय सरकारले मुठ्याएको राखेको छ । हामीले परिवर्तनको महसुस कसरी गराउने ? यसबारेमा पनि अध्यक्षज्यूले ध्यान दिनु प¥यो ।’

महासंघ प्रदेश १ का अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ईन्चार्ज हंशराज वाग्ले, केन्द्रीय अध्यक्ष केशवकुमार विष्ट लगायतले खेलकुद क्षेत्रका विकासका लागि समाजवादीले प्राथमिकता दिएको बताए । कार्यक्रममा विभिन्न खेलकौशल तथा योग प्रदर्शन पनि गरिएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ५ : १९ बजे

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन– सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी