भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १२ जना पक्राउ, ९ जना फरार « Khabarhub

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १२ जना पक्राउ, ९ जना फरार


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको लम्कीचुहाका भूपेन्द्र बडुवालको हत्या आरोपमा १२ जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका १ लम्की चौराह बस्ने २३ वर्षीय बडुवालको गत कात्तिक २३ गते बेलुकी धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका ३ चिसापानी बस्ने २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, सोही नगरपालिका १ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, सोही नगरपालिका ५ बस्ने २८ वर्षीय विकास खड्का, टिकापुर नगरपालिका १ बस्ने २३ वर्षीय प्रबिण रिमाल, सोही नगरपालिका १ ब्लक नम्बर २५ बस्ने बर्दिया राजापुर नगरपालिका ७ घर भएका २१ वर्षीय रोहित आले, सोही ठाउँ ब्लक नम्बर १४ बस्ने २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका २ झगढपुर बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा नगरपालिका ३ गोदाना बस्ने २६ वर्षीय सन्तोष भन्ने सविन जंग शाही रहेका छन् ।

टिकापुर नगरपालिका १ स्थित सिद्वार्थ होटल नजिकै अपरिचित ब्यक्तिहरुको धारिलो हतियार प्रहारबाट भूपेन्द्र गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली परिचालन गरी तत्काल घाइतेलाई उपचारका लागि टिकापुर अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

लम्की, चिसापानी, टिकापुर लगायतका क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेकापट्टाको विषयलाई लिएर एकै समूहबीच मनमुटाव र वैमनश्यता उत्पन्न भई दुई समूहका युवाहरूबीच झैझगडा हुन थालेपछि एकआपसमा आक्रमण गर्ने योजना बनाएकोमा टिकापुरमा लुकी बसेका कपिल श्रेष्ठले भूपेन्द्र बडुवाललाई लिन बोलाएपछि टिकापुर गएको अवस्थामा आर्यन देवकोटा समेतले भूपेन्द्रलाई फेला पारी हामी विरुद्ध टिकापुर आएको भन्दै ईवी लिई करिब २ किलोमिटरसम्म लखेटी उक्त होटेल नजिक पुर्‍याय पश्चात धारिलो हतियार प्रहार गरी भागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उक्त घटनामा संलग्न रही फरार रहेका अन्य ९ जना अभियुक्तहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ५ : ४७ बजे

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण