नेपाल स्काउटको संयोजकमा दाहाल नियुक्त « Khabarhub

नेपाल स्काउटको संयोजकमा दाहाल नियुक्त


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रबिन दाहाल नियुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले मन्त्रीस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गरेका हुन् ।

आइतबारको मन्त्रीस्तरीय निर्णय अनुसार स्काउटको तदर्थ समिति संयोजकमा नियुक्त भएका दाहाललाई प्रमुख आयुक्तको जिम्मेवारी समेत दिइएको छ । त्यसैगरी सहसंयोजकमा राजीव खत्री नियुक्त भएका छन् । उनलाई स्काउटको तालिम आयुक्तको जिम्मेवारी समेत दिइएको छ ।

त्यसैगरी स्काउटको सदस्यहरुमा बबिता कटुवाल, बिजय किशोर झा, हरिबहादुर श्रेष्ठ, केशव महर्जन, रामचरित्र ठाकुर, सन्तोष कुमार थापा, शिब प्रसाद बराल, रमिला नगरकोटी, गायत्री शर्मा, दिपक अर्याल, तिलक खत्री, जुपिटर कुँवर र देउमल सुनार नियुक्त भएका छन् । जसमध्ये कटुवालले संगठन आयुक्तको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त पदाधिकारीहरुलाई नेपाल स्काउटका प्रमुख तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले सोमबार शपथ खुवाए । मन्त्रालयको सभाहलमा भएको शपथ ग्रहण कार्यक्रममा मन्त्री अथकले नवनियुक्त पदाधिकारीहरुलाई सपथ खुवाउँदै स्काउटको अन्तर्राष्ट्रिय मुल्य मान्यताको परिधिमा रही कर्तब्य निर्वाह गर्न निर्देशन समेत दिए ।

स्काउट जस्तो मर्यादित संस्थाको मूल्य मान्यतालाई कायम राख्दै मर्यादित, अनुशासित तथा देशभक्त समाज निर्माणका लागि अग्रणी भूमिका खेल्न मन्त्री अथकले नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिए । सबै सामुदायिक विद्यालयमा स्काउट विस्तार गरी प्रत्येक घरमा कम्तिमा एक जना स्काउट उत्पादन गर्न सके युवा पुस्तामा सकारात्मक धारणाको विकास गर्न सकिने भन्दै विश्वास समेत ब्यक्त गरे ।

समितिलाई १ वर्षभित्र निर्वाचन गराउने जिम्मेवारी समेत तोकिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : १६ बजे

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै