घोराही तुलसीपुर सडक निर्माणमा चरम ढिलाइ « Khabarhub

घोराही तुलसीपुर सडक निर्माणमा चरम ढिलाइ


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराही तुलसीपुर सडक निर्माणको काममा चरम ढिलासुस्ती हुँदा नागरिकले सास्ती पाएका छन् । निर्माण सक्नुपर्ने समयमा बल्ल सडक निर्माण सुभारम्भ भनेर घोषणा गरिएको भएपनि काम सुरु हुन नसकेको हो ।

मंसिर १० गते प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरुलाई राखेर तामझामका साथ सडक निर्माण शुभारम्भ कार्यक्रम गरिएको भएपनि निर्माण व्यवसायीले अझैं कामको सुरुआत गरेका छैनन् ।

तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेव पाण्डेले शुभारम्भ कार्यक्रममा एक सातामा काम सुरु गर्ने बताए पनि १० दिन वितिसक्दासमेत काम सुरु हुन नसकेको हो ।

घोराही तुलसीपुर सडक चारलेन बनाउने योजना २०७६ साल असारमा सुरु भइ २०७८ वैशाखमा सम्पन्न हुनुपर्ने थियो। तर, यो बीचमा निर्माणको काम ७ प्रतिशत मात्रै भएको छ।

ठेकेदारले सडक निर्माणको नाममा त्यसै छाड्दा यात्रुहरु जोखिममा परेका छन् । निर्माण कम्पनीले चार लेन सडक निर्माणको काम अब आफैंले अघि बढाउने बताएको भएपनि अहिले अन्य दुई निर्माण कम्पनीलाई जिम्मा दिएको छ । सवा एक अर्ब रुपैयाँको लागतमा बन्ने सडकमा अहिलेसम्म १२ करोड रुपैयाँ खर्च भएको जनाइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : ५२ बजे

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सकेर निस्के प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्

बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विपत्तिको घटना अहिलेसम्मकै ठुलो