घोराही तुलसीपुर सडक निर्माणमा चरम ढिलाइ « Khabarhub

घोराही तुलसीपुर सडक निर्माणमा चरम ढिलाइ


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराही तुलसीपुर सडक निर्माणको काममा चरम ढिलासुस्ती हुँदा नागरिकले सास्ती पाएका छन् । निर्माण सक्नुपर्ने समयमा बल्ल सडक निर्माण सुभारम्भ भनेर घोषणा गरिएको भएपनि काम सुरु हुन नसकेको हो ।

मंसिर १० गते प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरुलाई राखेर तामझामका साथ सडक निर्माण शुभारम्भ कार्यक्रम गरिएको भएपनि निर्माण व्यवसायीले अझैं कामको सुरुआत गरेका छैनन् ।

तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेव पाण्डेले शुभारम्भ कार्यक्रममा एक सातामा काम सुरु गर्ने बताए पनि १० दिन वितिसक्दासमेत काम सुरु हुन नसकेको हो ।

घोराही तुलसीपुर सडक चारलेन बनाउने योजना २०७६ साल असारमा सुरु भइ २०७८ वैशाखमा सम्पन्न हुनुपर्ने थियो। तर, यो बीचमा निर्माणको काम ७ प्रतिशत मात्रै भएको छ।

ठेकेदारले सडक निर्माणको नाममा त्यसै छाड्दा यात्रुहरु जोखिममा परेका छन् । निर्माण कम्पनीले चार लेन सडक निर्माणको काम अब आफैंले अघि बढाउने बताएको भएपनि अहिले अन्य दुई निर्माण कम्पनीलाई जिम्मा दिएको छ । सवा एक अर्ब रुपैयाँको लागतमा बन्ने सडकमा अहिलेसम्म १२ करोड रुपैयाँ खर्च भएको जनाइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : ५२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ