कांग्रेस महाधिवेशन : प्रदेश २ मा निर्वाचन प्रक्रिया स्थगित « Khabarhub

कांग्रेस महाधिवेशन : प्रदेश २ मा निर्वाचन प्रक्रिया स्थगित


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्व चयनको प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।

जनकपुरमा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पार्टीको प्रदेश नं २ का प्रदेश महाधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले अधिवेशन स्थगित भएको जानकारी दिए । प्रदेश २ को अधिवेशन अब केन्द्रीय महाधिवेशनपछि गरिने उनले बताए । प्रदेशका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् । सर्लाही, सप्तरी र रौतहटबाट प्रतिनिधिको सूची प्राप्त हुननसकेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन अधिकृत पह्लाद गौतमका अनुसार सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनौट हुन सकेको छैन ।

निर्वाचन हुन बाँकी जिल्लाका प्रदेश अधिवेशनमार्फत छनोट हुने प्रतिनिधिको नामवली समावेश गरी बल्ल निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने नेता कार्यकर्ताको माग छ । प्रदेश २ को सभापतिका लागि रौतहटका कृष्ण यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : १४ बजे

दरबार हत्याकाण्डः राजा वीरेन्द्र वंशनाशको २५ वर्ष पूरा

काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार

पेलेदेखि जिदानसम्म: खेलको शैली बदल्ने विश्वकपका पाँच खेलाडी

विश्वकप फुटबलको सबैभन्दा ठूलो मञ्च हो, जहाँ खेलाडीहरू केवल ट्रफीका

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप