कांग्रेस महाधिवेशन : प्रदेश २ मा निर्वाचन प्रक्रिया स्थगित « Khabarhub

कांग्रेस महाधिवेशन : प्रदेश २ मा निर्वाचन प्रक्रिया स्थगित


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्व चयनको प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।

जनकपुरमा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पार्टीको प्रदेश नं २ का प्रदेश महाधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले अधिवेशन स्थगित भएको जानकारी दिए । प्रदेश २ को अधिवेशन अब केन्द्रीय महाधिवेशनपछि गरिने उनले बताए । प्रदेशका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् । सर्लाही, सप्तरी र रौतहटबाट प्रतिनिधिको सूची प्राप्त हुननसकेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन अधिकृत पह्लाद गौतमका अनुसार सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनौट हुन सकेको छैन ।

निर्वाचन हुन बाँकी जिल्लाका प्रदेश अधिवेशनमार्फत छनोट हुने प्रतिनिधिको नामवली समावेश गरी बल्ल निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने नेता कार्यकर्ताको माग छ । प्रदेश २ को सभापतिका लागि रौतहटका कृष्ण यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : १४ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।