बैतडी दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो « Khabarhub

बैतडी दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पाटन नगरपालिका १ सकारकी ४० वर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से१ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर सुर्नया गाउँपालिका ४ का २४ वर्षीय प्रेम चुनारा र उनकी श्रीमती २० वर्षीया मनीषा विक, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।

मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बुझिन आएको छ । उनीहरू घरबाट माइतीघर पाटन ७ कैलपाल फर्कंदै गरेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका पाँच जना मध्ये दुई जनालाई डडेल्धुरा रिफर गरिएको छ । पाटन नगरपालिका १ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई डडेल्धुरा रिफर गरिएको प्रहरी निरीक्षक शाहीले बताए । सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्द विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।

जीप चालक बैतडीको पाटन नगरपालिका ५ अड्तोलाका खेमराज पाण्डे भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : ३२ बजे

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सकेर निस्के प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्

बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विपत्तिको घटना अहिलेसम्मकै ठुलो