लिग लिडर एसी मिलान युभेन्ट्ससँग पराजित « Khabarhub

लिग लिडर एसी मिलान युभेन्ट्ससँग पराजित


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर एसी मिलान साविक विजेता युभेन्ट्ससँग पराजित भएको छ ।

बुधबार राति भएको खेलमा युभेन्ट्सले मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

मिलानको मैदानमा फेड्रिको चिसाले दुई गोल गरेपछि युभेन्ट्सले सहज जित निकालेको हो । खेलको १८औँ मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।

४१औँ मिनेटमा डाभिडे कालाब्रियाले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा ल्याए । ६२औँ मिनेटमा फेड्रिकोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।

७६औँ मिनेटमा वेस्टन म्याककेन्नीले गोल गर्दै युभेन्ट्सलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै युभेन्ट्स लिगको चौंथो स्थानमा उक्लिएको छ । युभेन्ट्सले १५ खेलमा ३० अंक जोडेको छ । १६ खेलमा ३७ अंक जोडेको मिलान हारपछि पनि शीर्ष स्थानमा कायम छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ८ : २० बजे

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ