आफ्नै पार्टीका नेताले भने–ट्रम्पलाई आजै बर्खास्त गर्नुपर्छ « Khabarhub

आफ्नै पार्टीका नेताले भने–ट्रम्पलाई आजै बर्खास्त गर्नुपर्छ


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आजै बर्खास्त गर्न उनको पार्टीका नेताहरुले माग गरेका छन्।

राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउन डोनाल्ड ट्रम्पले गरेका गलत कामका कारण आजै बर्खास्त गर्न माग गरिएको हो ।

ट्रम्पका समर्थकले अमेरिकी संसदमा गरेको आक्रमणमा घाइते भएकी महिलाको मृत्यु भएपछि वासिङटन डिसीमा कर्फ्युको स्थिति छ। घटनापछि रिपब्लिकन पार्टीकै नेताहरूले ट्रम्पको खुलेर आलोचना गरेका छन्।

ट्रम्पलाई प्रतिस्थापन गर्दै डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपति पदको सपथ लिँदैछन्। तर‚ ट्रम्पको हर्कतबाट आक्रोशित उनकै पार्टीका केही नेताले ट्रम्पलाई तत्काल बर्खास्त गरिनुपर्ने धारणा राखेका छन्। ‘उनलाई महाभियोग लगाएर तत्काल हटाइनुपर्छ’‚ एक रिपब्लिकन नेतालाई उधृत गर्दै सिएनएनले लेखेको छ।

अर्का एक पूर्व सरकारी वरिष्ठ अधिकारीलाई उधृत गर्दै सिएनएनले थोरै समय मात्रै कार्यकाल बाँकी भए पनि ट्रम्पलाई हटाउनुपर्ने पर्याप्त आधार देखिएको बताएको छ। ‘उनीबाट यो प्रणालीमाथि नै धक्का दिने काम भएको छ’‚ उनले भने‚‘त्यस्तालाई दुई हप्ता मात्रै बाँकी भए पनि कसरी पदमा राखिराख्न मिल्छ?’

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ११ : १० बजे

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने